Users Login

Upcoming Events

No events

Message Box

!Warning! JavaScript must be enabled for proper operation.
Guest shakchi sunuwar says:
2015-01-21 11:15:10
best of luck
2014-12-03 09:53:52
किराँतहरुको महान चाड उधौलीको सम्पूर्ण देश विदेशमा छरिएर बस्नुभएका सबै किराँतहरुलाई शुभकामना ।
2014-05-08 08:38:32
31 baishak 2071, preeti, okhuldunga, chandeshawari, khiji Kati, okhaldunga, gill puja, dharan 17, sunsari, laxmi Marg, Morang,hattiban& nakkipot kathmandu
Guest Rex Prebin says:
2014-04-27 14:35:11
need to know at about sunuwar festivals time at Nepal an place
Guest Padam kumar sunuwar pritee.uk says:
2014-02-06 01:24:25
warchai sachib Gajaendra jiu naamiseu aake.lo marho hana.yi-ke sang sangathaan chha.gopuki mee rimshayo sah-laa pashayaa matrai sunuwar yee ke neye waaeeyaa.hethey methey haina deshoyo aa-ke bhaanai ho.rimsyo chha hajur dharan sunsari mi rimsyo pane sunuwar jati mi.go te basyo hanaiyo kirati sunuwar nai nayaa.tuyisya wotene munu yee ke pahila nga yolne thumsyo lo de-sa-yo itihas Yalambar dekhi Gasti 29 wota raja ke lo rups-yaa waiti-ke yee ke kar-tab-be ho.mulati aa deti-ke aa-sa-yo-la ho hajur galti mi chhema.

Who's Online

We have 2 guests online
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
  • JoomlaWorks Simple Image Rotator
ज्ञापन पत्र PDF Print E-mail
Written by Administrator   
Sunday, 22 February 2015 10:11

मिति ः २०७१/११/६

सम्माननीय सभामुख    
श्री सुवासचन्द्र नेम्वाङज्यू
संविधानसभा ।

विषय ः ज्ञापन पत्र


यही मिति २०७१ माघ १५ गते धरान–१८ बुद्ध चोक निवासी प्रदीप मुखिया (सुनुवार)की छोरी प्रीति मुखियाले धरान–१८, बुद्धचोक स्थित आफ्नै निजी निवासमा आत्महत्या गरेको खबर सञ्चार माध्यममा व्यापक रुपमा आयो । त्यसलगतै निज प्रीतिका बुबा प्रदीप मुखियाबाट न्यायका लागि सहयोग र सहकार्यको अपेक्षासहित संस्थागत रुपमा लिखित निवेदन दिएपछि हामी तपसिलका संस्थाहरु रहेको संघर्ष समितिले अध्ययन गर्दा तपसिलका अवस्था पाइएको र प्रीतिका परिवारले माग गरेअनुसारको न्याय निरुपण सहज रुपमा हुन नसक्ने देखिएकाले नेपाल सरकारको सम्बन्धित पक्षहरुसमक्ष आवश्यक कदमका लागि यो ज्ञापन पत्र बुझाएका छौं ः
१.    स्थिति÷अवस्था
क.    प्रीति मुखियाले आफ्नो घरको माथिल्लो तलामा रहेको पूजा कोठामा सामान्य सुसाइड नोट लेखेर आत्महत्या गरेको पाइयो ।
ख.    घटना भए लगतै प्रीतिका परिवारले प्रीतिले आत्महत्या गर्नुको कारण सागर खड्का नै भएको ठहर गरी इलाका प्रहरी कार्यालय धरानमा निजलाई पक्राउ गरी कारवाही गर्न निवेदन दिएको तर “आत्महत्याका सन्दर्भमा निजलाई दोषी ठहराई कारवाही हुने कानुन नभएको” भनी निवेदन निजलाई यस आत्महत्या प्रकरणका दोषी भनी दर्ता नगरेको पाइयो ।
ग.    घटना भएको दोस्रो दिन निजलाई प्रीतिकी दिदी भावना मुखियाले फोन गर्दा गालीगलौज गर्नुका साथै धम्की समेत दिएको जानकारी गराएपछि भने सार्वजनिक अपराध अन्तर्गत निजलाई पक्राउ गरी कारवाही गर्ने आशयको निवेदन तयार गर्न लगाई उजुरी दर्ता गरेको र इलाका प्रहरी कार्यालयबाट निजको खोजी भइरहेको तर निज हालसम्म फरार रहेको बुझिएको छ ।
घ.    निजका घरपरिवार, छरछिमेक लगायत धरान–१४ मा आइडल बोर्डिङ स्कुल सञ्चालन गरी बसेका सागर खड्का समेतको साथीरुस“ग बुझ्दा प्रीति मुखिया र सागर खड्का लगभग दश वर्षदेखि
प्रेमी–प्रेमिकाका रुपमा रहेको पाइयो । उनीहरु एकअर्काबीच मात्र नभई एक–अर्काका पारिवारका सदस्यहरुबीच राम्ररी चिनजान भएको पाइयो । प्रीतिले सागरको भतिज सानै छ“दा ऊस“ग खिचेको तस्वीर समेत पाइयो जसले उनीहरुको सम्बन्धको अवधि र नातेदारबीच घुलमिललाई प्रष्टाउ“दछ । साथै सागरको परिवार तथा आफन्तजनलाई प्रीति र सागरबीचको सम्बन्ध बारे राम्ररी जानकारी भएको तथा सागरको आमा समेत सागरस“ग प्रीतिको घर अगाडिसम्म पुग्ने गरेको तर घरमा भने नपसेको पाइयो ।
ङ.    प्रीति मुखिया २६ वर्ष उमेर भएकी र नेपाल सरकारको नर्सिङ पाठ्यक्रम पूरा गरी न्युरो अस्पताल विराटनगरमा १ वर्ष त्यसपछि निज सागर खड्काकै पहलमा २ महिना अघिदेखि विजयपुर अस्पताल धरानमा नर्सका रुपमा कार्य गरिरहेको पाइयो ।
च.    प्रीतिले आत्महत्या गर्नु लगभग आधा घण्टा अघि टाउको दुखेकाले नजिकैको औषधि पसलबाट औषधि किनेर लगेको र त्यसपछि सागरले उनलाई फोन गरेको प्रीतिको मोबाइल कल लगमा पाइयो ।
छ.    १० वर्ष अघिदेखि वैवाहिक जीवन आफ्नौ बोजूको वार्षिकी २०७२ बैशाखामा फुकाएपछि सागरस“गको दोहोरो सहमतिमै सामाजिक रुपमा विवाह बन्धमा परिणत हुने निधो भइसकेकामा २०७१ माघ १३ गते नेपाल थरकी युवतीस“ग विवाह पूर्वको स्वयम्बर गरेको फोटो सागरको साथीले सागरको फेसबुक वालमा ट्याग गरेको पाएपछि प्रीतिले, “यो के धोका हो ? मेरो जीवनमाथि किन यस्तो खेलवाड गरेको ? तिमी धोकेवाज रहेछौ” भन्दा सागर खड्काले, “मलाई माफ गर म तिमीलाई आफ्नै बनाउ“छु । त्यो इन्गेज्मेन्ट त खाली मेरो घरपरिवार तथा कुलवंशका लागि मात्र गरेको हो । तिमी सधैंभरिका लागि मस“गै बस्नुपर्छ । मेरो विवाहका कारण तिमीले पनि अरु कसैस“ग विवाह गरेमा नौ–दश वर्षसम्म कायम रहेको हाम्रो प्रेम सम्बन्धका बारेमा त्यो केटालाई मिडिया, फेसबुक लगायतबाट प्रचारप्रसार गरी जानकारी गराउनेछु । अनि कसरी जीवन चलाउ“छेस् हेरौंला” जस्ता अभिव्यक्ति दिई प्रीतिस“ग व्ल्याकमेलिङ सुरु गरेको र विवाद सुरु भए लगतै, “किन फेसबुक चलाउ“स् ? किन मोबोइल चलाउ“छस् ? आखिर म घरमै आएर भेटिहाल्छु” भन्दै ३ पटकसम्म मोबाइलको सिम टुक्राइदिएको र एक पटक मोबाइल समेत फुटाइदिएको प्रीतिकी दिदीबहिनीहरुबाट जानकारी भयो ।
ज.    सागरस“गको भेटघाटपछि कहिलेकाहीं प्रीतिका शरीरमा केही निलडाम समेत हुने गरेको
उनकी दिदीबहिनीहरुबाट जानकारी भयो ।
झ.    पछिल्लो समयमा सागरलाई उसका केही साथीहरु तथा पत्रकारहरु समेतले प्रीतिस“गको उसको सम्बन्धका बारेमा जिज्ञासा राख्दा प्रीतिको नैतिकतामाथि धावा बोल्ने प्रयास गरेको पाइयो ।
ञ.    चार जना छोरीहरुमात्र रहेका प्रीतिका बुबा प्रदीप मुखिया वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विद्युत शाखामा र उनकी आमा देविका मुखिया आफ्नै घरको तल्लो तलाको एउटा कोठामा मुनलाइट गिफ्ट पसल सञ्चालन गरी बसेको र परिवारको आर्थिक अवस्था सामान्य रहेको र प्रीतिको दुई दिदी र एक बहिनीले विवाह गरिसकेको पाइयो ।
ट.    सागरस“ग व्यवहारमा जोडिएकाहरुबाट सागर अहंकार बोकेकै व्यक्ति हो भन्ने जानकारी पाइयो ।
ठ.    घटनाकै दिन प्रीतिको परिवार र सागर स्वयम्स“ग समेत सत्यतथ्य बुझी घटनाका बारेमा ब्लाष्ट टाइम्स दैनिकमा भोजराज श्रेष्ठले र फास्ट दैनिकमा गोपाल दाहालले समाचार लेखे पनि ब्लाष्ट दैनिकमा सागर स्वयम्ले रोकेको र फास्ट दैनिकको समाचार रोक्न दवाव दिएको पाइयो ।
ड.    यो घटनाका सम्बन्धमा यस सुनसरी जिल्ला क्षेत्र नं. १ सुनसरीका संविधानसभाका प्रत्यक्ष तर्फका माननीय सभासद कृष्णकुमार राईज्यूको समेत गम्भीर ध्यानाकर्षण भएको पाइयो ।
ढ.    घटनाको कारण सागरको अपराधिक मानसिकता नै हो भन्ने ठहरका साथ भविष्यमा यस्तो घटना न्यूनीकरणका लागि सन्देश प्रवाह गर्ने तथा यस प्रकारको आत्महत्याका लागि कानुन बन्न÷बनाउन सम्बन्धित पक्षलाई झक्झक्याउनका लागि यस घटनाका बारेमा फाष्ट टाइम्स दैनिक धरान, औजार दैनिक धरान, मर्निङ पोष्ट दैनिक धरान, ब्लाष्ट टाइम्स दैनिक धरान, विजयपर साप्ताहिक धरान, विश्वस्त्र सूत्र साप्ताहिक धरान, हाम्रो कोशी आवाज साप्ताहिक धरान, दिव्य रोशनी साप्ताहिक धरान, अन्नपूर्ण पोष्ट दैनिक, नागरिक दैनिक, काठमाडौं पोष्ट दैनिक, स्वास्थ्य सरोकार अनलाइन पत्रिका लगायत विद्युतीय सञ्चार माध्यमहरुबाट समेत व्यापक रुपमा सञ्चार प्रवाह भएको पाइयो ।

 

Last Updated on Sunday, 22 February 2015 10:17
 
Govind Condolence PDF Print E-mail
Written by Administrator   
Wednesday, 18 February 2015 23:30

Last Updated on Wednesday, 18 February 2015 23:33
 

Facebook

Joomla 1.5

Gallery View

  • Thingabari Sunsari 2070
  • Syadaar Chandi Laxmi Marga
  • Syadaar Chandi 2068
  • Thingabari Sunsari 2070
  • Syadaar Chandi Laxmi Marga
  • Syadaar Chandi Laxmi Marga