Evidence for Sunuwar as Kiranti

Evidence for Sunuwar as Kiranti


Dr. Lal Shyakarelu Rapacha
Vanishing Ethnicity, Cultures and Languages of Nepal


1. Background
Nepal is a sui generis and rich Himalayan country culturally and linguistically in South Asia. Its glory rests upon multi-race, multi-lingualism and multi-culturalism. On the contrary, her glory as such has been decaying one after another each day. Such is her plight. The process of linguistic and cultural degeneration, leading to complete extinction is taking place speedily even after the restoration of so-called democracy in the year 1990. In many instances, lesser known tribes like Kusunda, Raute, Raji, Athpahariya (Sananggo), Polmocha (?), Hayu and other minority tribes are disappearing without any
special attention.

Along with them, their languages and cultures are facing the danger of extinction. The Kusunda tribe has already become a myth without any significant anthropological research. Their mother tongue till today is a language isolate. There are several
assumptions about the number of languages spoken within the national boundary. Linguists have not yet come to a single authentic conclusion regarding such varied assumptions.
Historians' and anthropologists' hearsays or faulty assumptions have badly affected in ethnic and cultural identity. Such tendency has given birth to further complications in the social status of lesser known nationalities in the Nepalese society. One of such socially underestimated nationality or ethnoindigenous group is 'Sunuwar' firstly known as Kõits in their indigenous mother tongue.

On the one hand, Northey-Morris (1927), Chemjong (1967) and Bista (1967) assume that the Sunuwars' kinship resembles to Gurung and Magar. Their assumption seems bizarre only due to personal introspection lacking empirical observation. Utterly, their over-generalization without scientific evidence is prone to criticism. On the other, the term 'Sunwar or Sunuwar' according to Vansittart (1896) and Salter-Gurung (1996), etymologically has been derived from Sunkosi when the tribe started residing on the east or west bank of the river. Then, there must be a distinct ethnic identity before residing on those bank areas for several hundreds of years. My conclusion regarding the Kõits ethnicity in my thesis 'Sunuwar Language: A Sociolinguistic Profile' (1996) and research articles 'Sunuwar as an endangered language of Nepal' (1997) and 'Demystifying the myths of Sunuwar' (1998) is that they are one of the remnants of Kirant(i) ancestry having based on historical, anthropological, cultural, linguistic and toponymic grounds.

मृत्यु संस्कार (भाग १)

मृत्यु संस्कार (भाग १)

अतीत मुखिया इकिसु
किरात कोँयच मुइलि मुक्दुम


कोँइच समुदायमा मुक्दुमि व्यक्ति नाःसो, पोँइब÷गयाँमि र सर्वसाधराण व्यक्तिहरुको मृत्युमा मृतकको लास चलाउने बिधिमा केही फरक रहेको पाइन्छ । यसैगरी मृतक ठुला र साना उमेरका बिच रहेको काजकृयाको अवधिमा पनि फरक रहेको पाइन्छ । साबिक कालमा न्वारन नगरिएका शिशुको एक निद, च्हेवरकर्म नभएका बालक तथा गुन्यु चोलो नदिएका बालिकाको हकमा तीन दिन, बिवाहको उमेर प्गेका तर बिवाह नभएकाहरुको पाँच दिन र बिबवाह भएका माथीका ठूलाहरुका हकमा सात दिन जुठो बारने परम्परा थियो । तर बि.स. १८८३ पछी सुनुवारहरुलाई हिन्दु धर्म अवलम्वन गर्न लगाइए पश्चात बाहुन पुरोहित राखेर १३ दिन किरियामा बस्ने प्रथा चलेको पाइन्छ । मुक्दुमि बिधि अनुसार गर्दा चाही केवल सात दिन मात्र भएको बिभिन्न मुक्दुमविधहरुको भनाई पाइन्छ ।

नाःसोको लास चलाउने विधि
कूल पुजारी नाःसोको मृत्युमा मृतकको लास घाट चलउनु भन्दा अगाडी निजको उत्तराधिकारी नयाँ नास्सो खडा गरेर मात्र चलाउने परम्परा रहेको पाइन्छ । यसरी उत्तराधिकारी नाःसो खडा गर्दा भएसम्मनिजको जेठा छोरा, सो नभएमा अन्य छोराहरुबाट नबनाउनु पर्दछ । छोराहरु एत्तराधिकारी बन्न नचाहेमा एउटै चुलोभित्रकामा पनि सबैभन्दा नजिकका दाजुभाईहरु मध्यबाट बनाउनु पर्दछ । यस्ता नपाइए वा उत्रराधिकारी बन्न नमानेमा जुठोलाग्ने अन्य दाजुभाईहरु मध्यबाट उत्तराधिकारी बन्न चाहाने एक जनालाई उत्तराधिकारी नयाँ नाःसो बनाउनु पर्दछ ।

मृतक नाःसोको शरीरलाई आगनमा सरसफाई लिपपोत गरेर उत्तर दिशातर्फ शिर पारेर राख्नु पर्दछ । यसरी राखे पश्चात लासको सिरानीमा एउटा खुकुरी र उसले नाःसो हुदा चलाउने गरेको कर्द वा काँण (तुःशेल ल्बाः) गाडेर राखिदिनु पर्दछ । दाजुभाई जम्मा हुदैगर्दा आए भएका दाजुभाई वा घरका छोराहरुले मृतकको मुख धोइपखाली गरेर भएमा उ उत्तराधिकारी बन्दाको पगरी सो नभए पछिल्लो पटक गुथाइएको पगरी भत्काएर खाली पार्नु पर्दछ । मृतक नाःसो घरमुली भए त्यो घरको लगापर्गि (पित्रीहरुका स्थान) भत्काएर खाली पार्नु पर्दछ । आउने दाजुभाई सबै आए पछि उत्तराधिकारी बन्ने नव  नाःसोले मृतकको लाससामु लिपपोत गरेर मृतक नाःसोले उ जिवितछदा चलाउने पात ल्याएर आठवटा पातहरुमा चार सुल्टो र चार उल्टो गरेर ओछ्याउनु पर्दछ । मृतकले खेलाउने जातका पातहरु नपाइएमा तत्काल उपलभ्द हुनसक्ने कुनै पातहरुबाट पनि चामलको रेखि हाल्नु पर्दछ । यतीगरे पश्चात एउटा बासेको भाले र एउटा फुल पार्नआटेको पोथीलाई नयाँ हुनेवाला नाःसोले हसियाले भोग दिनु पर्दछ । भाले पोथीको भोग नदिएर अण्डा राखिएको भए उक्र अण्डालाई पिदार सकिनासाथ चुकाउनु पर्दछ । यसरी पिदारमा  राखिएको रेखिहर मध्य चार सुल्टा (सभ्य) रेखिलायषर्् नयाँ नाःसोको हातमा हालिदिनुका साथै कर्द वा काँढ (तुसेल) समेत जिम्मा लगाउनु पर्दछ । यसरी लिएको रेखि भाग (कर्बो) नयाँ नाःसोले स्वीकार गरे पछि पुननिर्माण गरिने लगा कै छेउमा कतै सिउरेर राख्नु पर्दछ । यसरी कर्दा वा काँण (तुसेल र कर्बो) बुझिलिए पश्चात उसले नाःसो बन्दिन भन्न पाउदैन अनिवार्य रुपमा नाःसोको दाइत्व बहन गर्नैपर्ने हुन्छ । उत्तराधिकारी नाःसो हुने व्यक्ति मृतकको छोरा भए उसले छापोकुरोमा बस्न पर्दैन नुन बारेर एकछाकी खादा हुन्छ । बाँकि बिफुङ रेखि (अपसभ्य) भाग तथा बली दिएको भए बली दिएको कुखुरा वा अण्डा पनि लासंगै लानु पर्दछ ।

लास चलाउने बिधि
मृतक नाःसोको लास चलाउदा बाँसको खट बनाएर पलेटी कसराए ठाडै उठाएर लानु पर्दछ अन्य सर्वसाधारणहरु झैं सुताएर लान हुदैन । उसको घरमा भएको ढोलर्ला पनि एकोहोरो पारमा बजाउदै लाससंगै लानु पर्दछ र उसको चिहान माथी नै तालमा प्वाल पारेर उल्टो पारेर झुण्डाउने प्रचलन पाइन्छ । नाःसोको लास चलाउदा लास अगाडी अगाडी एक टुक्रा बाँसमा लुगा झुण्डाएको झण्डा जस्तो आकारको जोर ददर हल्लाउदै लगिन्छ । लाससंगै एउटा गाग्रोमा एक माना जति जौ हालेर पिदारदै लानु पर्दछ र दोबाटो चौबाटो पुगेपछि उक्त गाग्रो फटाएर फालिदिनु पर्दछ । नाःसोको लासलार्य जाउनु हुदैन चिहान खनेर गाडनु पर्दछ । साविक कालमा सुनुवार समुदायमा लास जलाउने प्रचलन थिएन यो पछी बाहुन पुज्न थाले पछीको कालदेखि मात्र जाउने प्रचलन बढेको हो । (श्रोतव्यक्तिः बिग्या नाःसो गंगा कुमार सुनुवार, साब्रा) नाःसोको लास गाडदा उसका जजमानहरुले ल्याएको नुन हालेर गाडिन्छ । यस पछाडीका कर्मकाण्ड अन्य सवसाधारणका झै नै गरिन्छ ।

पोँइबहरुको लास चलाउने बिधि
पोँइब ग्याँमिहरुको नाःसोको जस्तो उत्रराधिकारी खडा गर्नु पर्दैन । उनीहरुले प्राप्त गरेको बिद्या ठुङ बनेर बस्ने हुन्छ र कालन्तरमा यही ठुङ आफैले उपयुक्त चेला खोजेर उसरको शरिरमा प्रवेश गर्दछ भनिन्छ । पोँइब ग्ययँमिहरुका लासलाई पनि सुताएर लान हुदैन पलेटी कसाएर ठडाएरै लानु पर्दछ । लास लादा खोलातिर नभएर डाडा तिर लगेर समाधिस्त गरिनु पर्दछ जलाउन हुदैन । पोँइब ग्याँमिहरुका लासलाई पनि सफासुगर गरेर उनीहरुको मुक्दुम खेलाउदा पहिरिने पहिरन पहिराएर पगरी बाँधिदिनु पर्दछ । उनीहरुले खेलाउने सारदामहरु सबै लाससंगै लगिने गरिन्छ । मृतक पोँइब ग्याँमिलेखेलाउने ढ्याङरोलार्य एकोहोरो बजाउदै लाससंगै लानु पर्दछ र समाधिस्त गरेपश्चात चिहान माथी तालमा प्वल पारेर उल्टो पारेर झुण्डाइ दिनु पर्दछ । पोँइब ग्याँमिको लासलाई पनि उनीहरुका चिहानमा जजमानहरुले ल्याएको नुन हालेर गाडिन्छ । अरु बाँकि कर्मकाण्ड अन्य साधरण व्यक्ति सरह नै     हुन्छ ।

सर्वसाधरणका लास चलाउने बिधि
सर्वसाधरण मर्दा उनीहरुको लास चलाउन अगाडी सम्पूर्ण दाजुभईहरु भेला नहउनजेल आए भएका तथा मृतकका परिवारहरुले बाहिर आगनमा लास निकालेर लासको सिरानीतर्फ खुकुरी गाडेर राखिन्छ । कूलका दाजुभाई सबै भृला जम्मा हुदैगर्दा लास लानका निम्ति आवश्यक सामाग्री जम्मा गर्दैगर्नु पर्दछ । मृतक स्वास्नी मानिस भएमा लासलाई कोरिबाटी सफासुगर गरेर उसका नयाँ लुगा पहिराइन्छ । यसरी पहिराउदा उसको बिवाहको कपडा भए सोही कपडा नभए उसले साँचेर राखेको उसले मनपराएको लुगा पहिराइन्छ । लासलाई तीतेपाती डुवाएको चोखो पानीले छर्केर चोखाउनु पर्दछ र लास छेउ दीयो बालेर धुप अगबत्ति बालेर राखिन्छ । अन्तमा लास घाटतिर लानका लागि निम्न कुराहरुको प्रयोग गरिन्छ ।

आवश्यक सामाग्री
–    लस बेरने कात्रोको लुगा ७ देखि ९ मिटर सम्म
–    खट बनाउने बाँस दुईवटा
–    तीन फिट जातिको बाँसमा सेतो धजा झुण्डाएर बनाएको ददर
–    लाजा –अधकल्चोगरी भुटेको अन्न)
–    एक माना छत्तिमा राखिने चामल
–    केही खुदुरा पैसा
–    देक्यखमे (भात)
–    देक्यखमे राख्ने भाँडा
–    नछानेको जाँडको छोक्रा र सातु
–    टीतवटा अगुल्टो
–    काँचो घागो
–    केही जौतील

लास सस्कार्ने बिधि
सर्वप्रथम लास बोक्ने खट बनाउदा ७–८ फिटबबा दुइवटा बराबारीका बाँस काट्नु पर्दछ । यी दुइ बाँसलाई बराबरी हुने गरी राखेर दुई अढाई फिटका छोटा टुक्राहरु ब्चिमा हुनेगरी आठबाटा बाधेर लास बोक्ने खट बनाउनु पर्दछ । लासलाई कात्रो लुगाले बेरेर बोक्दा बाटोमा नखस्नेगरी लासलाई तीन ठाउँका बाँधिदिनु पर्दछ । हिजोआजा सुनुवार समाजमा लासलाइ गाडने भन्दा पनि जलाउने प्रचलन बढेको पाइन्छ । समयको परिवर्तनसंगै मानिसका संस्कारमा काल परिस्थिती अनुकुल परिवर्त आउनु स्वभावकै देखिन्छ । सहर बजार तिर गाडने ठाउँको अभावले गर्दा पनि यसो गर्न उपयुक्त ठानिन्छ । झन आजकल त लास जलाउने बिद्युतिय घरहरुको निर्माण हुन थालेको पाइन्त । यसरी लास जाउन सजिलो पारिएता पनि मुक्दुमी व्यक्ति नाःसो, पोँइब तथा ग्याँमिहरुका लास भने गाढने परम्परागत प्रकृयामा फरक आएको तैन कायमै देखिन्छ ।

लास गाडने बिधि
सर्वप्रथम लासको ना लिएर लास अट्ने किसिमले खाल्डो खनिन्छ । उहिले किरात समुदायहरुमा आफ्नै बारी बनेलीमा लास गाडने प्रचलन थियो । अझैपनि केही नेपालका किरातहरुमा यो परम्परा यथावतै पाइनछ । आफ्नो बारी बनेली बाहेकका जमिन तथा परदेशमा परेकाहरुको खण्डमा खाडल खन्न अगाडी चारसुरमा चारदाम राखेर जमिन निखन्ने प्रचलन पाइन्छ । चारसुरमा चारदाम राखेर पुरेपश्चात त्यसै माथी सेउली गाडेर खाडल खन्ने गरिन्छ । खाल्डो खन्दा कम्तिमा ५ फिट गहिरो खन्नु पर्ने हुन्छ । खाल्डो खनिसकेपछी खाल्डोको फेदमा कम्तिमा ५ फिट गहिरो खन्नु पर्ने हुन्छ । खाल्डो खनिसकेपछी खाल्डोको फेदमा बडारकुडार गरेर पैतलाको डाम सबै मेटनु पर्दछ र एकसरो हरिया पात ओछाउनु पर्दछ । ओछ्याइएका पात माथी चेप्ता पातला ढुंगाले छाप्नु पर्दछ । ढुंगाको बदला कतै कतै चोयाको बलम बुनेर पनि राखिने गरिन्छ र यो पनि नभएर लुगा ओछ्याइने पनि प्रचलन पाइन्छ । यति गरेर लासलाई बिस्तारै खाल्डोमा हालिन्छ र लासको छात्तिमाथी घरबाट लएिको एकमाना चामल सेतो कपडामा पोका पारेर चारदाम समेत राखिन्छ । कतै कतै सकैकसैले लगिएको मृतकका नाउँमा पकाइएको भात (देकखमे) लाई पनि भाँडोलाई चुकाएर भाँडैसहित राख्ने गर्दछन भने कसैले चिहान माथी राखिदिने पनि गरिएको पाइन्छ । यो प्रकृया मृतकका परिवारको इक्ष्ाँमा निर्भर रहन्छ । तत्पश्चात किरियामा बस्नेहरुले बाति बालेर मृतकको आँखिभौ हल्का जाउनु पर्दछ र दागमट्टिका रुपमा मुष्टि माटो चढाए पछी अन्य सबै मलामी जानेहरुले पनि माटो चढाउने प्रचलन छ । गएभएका सबैले दागमट्टि दिने कार्य सम्पन्न भएपछी लासको दाँया बाँया ढुंगाको अढेसो दिएर उक्र अढेसो माथी लायसलाई नछुहुने गरी बाँसका टुक्रा काटेर मिलाएर छाप्नु पर्दछ । बाँसमाथी एकसरो पात ओछ्याएर माटो हालर सम्याउनु पर्दछ र त्यो माथी पुन पातहरुले छाप्नु पर्दछ । यही क्रमले क्रमशः सात वा तौ तला पारेर लासलाई पुर्नु पर्दछ । लासलाई पुरिसकेर लासको शिरभाग तिर पर्ने गरी सानो आकारको घर कोकाखिँ बनाएर छाना समेत छापेर राखिन्छ र उयसको दाहिने तर्फ सारिलुका रुपमा चुच्चो परेको ढुंगा गाडेर राखिन्छ । यही कोका खिँ र सारिलु अगाडी लिपपोत गरेर पाइएसम्म आसारे, घुर्बिसो, गोगनका पात नपाईको अवस्थामा तत्काल पाइने कुनै पनि हरिया पातहरु लाई चारवटा पातलाई उल्टो पारेर ओछ्याउनु पर्दछ र उक्त उल्टो पात माथी घरबाट लगिएको सातु र नछानको जाँडको छोक्राको उपसभ्य (बिफुङ) रेखि भाग लगाएर जानिफकारहरुले पिदार गर्न सुरु गर्नु पर्दछ ।

लास जलाउने बिधि
साविक कालतिर कोँयच (सुनुवार) समुदायमा लास जलाउने प्रचलन नभएको बताइन्छ । बि.स. १८८३ पछी हिन्दु संसस्कार अवलम्बन गरिए पश्चात लासलाई चिता बुनेर जलाउने गरिएको हो । (विग्या नाःसो गंगा कुमार सुनुवार, साब्ला) । छेवर नगरिएका बालका र बिधिवत लुगा नदिइएका बालिकाहरुका लागि पाँच तले र ठू्रलाहरुका लागि सात तले चिता बुनेर जलाउने प्रचलन हेर्दा हिन्दु संस्कार अबलम्वन गरेता पनि यो बिधिमा समेत मुक्दुमि मान्यतालाई पनि पालना गरिएको पाइन्छ । लास जलाउदा चिता माथि राखि सकेपछी लासको शरीरबाट लगाइएका सबै कपडाहरु खोलेर कात्रोमा मात्र जलाउने गरिन्छ । जलाउन अगाडी किरियामा बस्ने व्यक्तिहरुले पहिला लासको आँखिभौ जलाएर दागबत्ति दिए पछी अन्य सबैले दागमट्टिका रुपमा पानी चढाउने प्रचलन छ । यो क्रम पुरा भएपछी चितामा आगो लगाएर लास जलाइन्छ । लासको शरीरबाट फुकालिएका कपडाहरु मध्य कुनै कपडाबाट थोरै कपडा च्यातेर त्यसमा तीतेपाती राखेर एक स्वरुप बनाउनु पर्दछ जुन स्वरुपलाई नै मृतक ठानेर बुल्सोखिँमा राखेर काजकृया गरुनजेल नाःसोद्वारा खान खुवाउने कार्य गरिन्छ । लास जलाई सकेपछी चिता पखालेर चारवटा हरिया पात उल्टो ओछ्याएर घरबाट लगिएको चामल वा सातुको अपसभ्य रेखि थुपार्नु पर्दछ । सो रेखिसंगै नछानेको जाँडको छोक्राको पनि रेखि थप्नु पर्दछ र पिदार गर्नु पर्दछ ।

काजकृयाको बिधि
न्वारन नभएका बच्चाको एक दिन बाबु आमाले नुन छाडेर बार्दा हुन्छ । छेवर (च्हेंवर) नभएका केटा र गुन्युचोलो नदिएका केटीका हकमा तीन दिन आमा बाबुले नुन बारेर एकछाकि खादा हुन्छ । चोखिदा प्रकृति कलपिपिको कर्मकाण्ड गरेर चोखिदा हुन्छ । छेवर भएको तथा गु्न्युचोले दिएको तर बिवाह नभएकाहरुको पाँच दिन बार्नुपर्छ ।

बिवाह भएका ठूलाहरुको हकमा मुक्दुमि बिधिबाट गर्दा सातै दिन मात्र हो । यो भन्दा बढी बस्न चाहानेले १० देखि १३ दिन सम्म पनि बस्ने गरेको पाइन्छ । यो मृतकको परिवारको स्वेच्छामा निर्भर हुन्छ । किरियामा बस्ने छोराहरुले केस मुडनु पर्दछ । कन्या छोरीहरुले किरियामा बस्दा केस खौरन पर्दैन । बुहारीहरुले पनि के खौरन पर्दैन । केस खौरिन जुवाइचेला चाहिन्छ ।अन्यले हुदैन । कृयापुत्रीले बिहानै नुहाइधुवाई गरेर घिउसँग चामलको भान एकछाक मात्र खानु पर्दछ । बिना नुनको घिउमा तारेको अदुवा र आलु खान हुन्छ । फलफुल खान हुन्छ । कृयापुत्रीहरुले कसैलाई छुनु हुदैन । जुठो लाग्ने दाजुभाईहरुले मानाचामल तथा बिचरा ल्याउदा ३, ५, ७ दिनमा ल्याउनु पर्दछ । उहिले किरात कोँयच परम्पराबाट कृपयामा बस्ने छोरा छोरी केही नहुनेहरुले लोग्ने मर्दा स्वास्नीले र स्वास्नी मर्दा  लोग्नेले काजकृया गर्ने चलन थियो तर पछि बाहुन पुरोहित राखेर कृया गर्न गराउन थाले पछिमात्र कृयामा बस्ेन छोरा छोरी नहुनेहरुको स्वास्नी मर्दा लोग्नेले कृया नगरी कलुलभित्रका दाजभाईहरु मध्यबाट राखेर गर्न थालियो ।

मृतात्मा पाल्ने बिधि
सुनुवार कोँयच संस्कार अनुसार मेग्यो सुक्दुमबाट काजकृया गर्दा पोँइब ग्याँमि नभै हुदैन । मृतक मुक्दुमि व्यक्ति (नाःसो, पोँइब, ग्याँमि) छ भने मेग्यो मुक्दुम अनुसार नै गरिने गरिन्छ । मेग्यो मुक्दुम बिधिबाट गर्दा मन्त्र सानाका माध्यम मृतात्मालाई (सोँइदिर्ग लाचा) यमदुबाट छुटाएर केही दिन आत्मा बस्ने घरमा (बुल्सो खिँ) राखेर पाल्ने (बुल्सो थुल्चा) कार्य गर्दछन र अन्तिम दिन मृतात्मालाई सोलीमा थुनेर (हुग्रो सुचा) उसको जानुपर्ने गन्तब्य साङथेम तिर पठाउने क्रममा सेतो पहरा (बुएश रोंगु) सम्म पुराए (बुल्सो लाःचा) प्रेतात्मालाई बाटो लगाउने काम गरिन्छ । यसका लागि माधि स्थलबाट मृतकको आत्माको प्रतिक बनाएर ल्याउने तथा क्योक्योम तोर्मा बनाएर बुल्सोघरमा राखिने जसता कार्य गरिनु पर्दछ । तर सर्वसाधरणहरुको किरिया गर्दा मुइलि मुक्दुमबाट पनि सम्पन्न गर्न सकिन्छ । कौँता नाःसोद्वारा गरिने बिधि निकै साल हुन्छ । यो बिधिमा मेग्यो मुक्दुममा जस्तो आत्मा बस्ने घर (बुल्सो खिँ) को साटो कुनै एउटा टुप्पोतर्फ चुच्चो परेको ढुंगा सारिलुका रुपमा ठडाएर मृतात्मा पाल्ने काम हुन्छ । मुइलि मुक्दुम अनुसार गर्दा मन्त्र साधना नभएर आरधना पुकारा तथा अनुरोध गरेर मात्र गरिन्छ । यसैले यो बिधिमा मृतात्मा बस्ने घर तथा तोर्मा कुनैको आवश्यक पर्दैन । कैंता नाःसोबाट साधारण पिदार गरेर मृतात्मालाई पाल्ने काम गरिन्छ । यहा कैत नाःसोले गरिने बिधिको उल्लेख गरिन्छ ।

आवश्यक सामाग्री तथा बिधि
मृतात्मा पाल्ने काम दाहसंस्कार गरेको भोलिपल्ट बिहानबाट सुरु गरिन्छ । कृया बस्ने कार्य घरमा गरेको अवस्थामा चुलाको समिप पारेर वा घर बाहिर अनेत्र गरेकोमा गरिने स्थान समिप कुनै उगारो ठाउँमा एउटा लाम्चो चुचेर ढुंगा ल्याएर सारिलुको प्रतिकका रुपमा ठडाउने । ढुंगा नपाइने स्थनामा माटोकै  सारिलु बनाएर थापना गर्ने । यो सारिलु पछाडी ४–५ फिट अग्लो फोका सुशि पातलो काठलाई मौलो आकाको बनाएर सारिलु पछाडी गडिदिने वा कुनै आडमा अडाएर बाँधिदिने । सुशि फोका बनाउन सम्भव नभए हरियो सुकाठको सेउली गाडदा वा अडाएर राख्दा पनि काम चल्छ । –मुक्दुम अनुसार खिर्रो, भकिमलो, सिउड जस्ता बोटहरु कुकाठमा गनिन्छन) । यसरी स्थापना गरिएको सारिलु अगाडी सरसफा गरेर दुइवटा हरिया पात उल्टो पारेर ओछ्याएर मृतात्माको लागि पकाइएको भात (बुलखमे) एउटा पातमा दुई भाग गरेर थुपार्ने । सम्भव भएसम्म नछानेको जिर्मा जाँड (ङश्यार) पनि भाग हाल्ने नभएमा मृतकले जिवित छदा खान मनपराउने अन्य खानेकुराहरु पनि भाग हालिदिने । सारिलु पछाडीको सुशि (सेउली) मा दुईवटा बाँसको उल्टो (बिफुङ) ढुंग्री बनाए त्यसमा पनाी हालेर तीतेपाती सिएरेर भुण्डाइदिनु पर्दछ । यो प्रकारको भाग रेखि राखेर मृतात्मा पाल्ने कार्य कृयाको अन्तिम बिहान सम्म गरिन्छ । यसरी मृतात्मा पाल्दा हरेक दिन बिहान, दिउसो र साँझगरी तीन पटक पालिन्छ । दिनमा खाजाका रुपमा केवल जाँड र सातुको मात्र रेखि भाग लगाइने गरिन्छ ।

मृतात्मा बस्ने घर (बुल्सो खिँ) लाई आवश्यक सामाग्री
–    पाएसम्म असरो, भिउसिनपाती, घुर्बिसो जातका काठबा सानो एकतले घर आकार बनाउने ।
–    यसरी बनाएको प्रतिक घरको छानोा मृतकको कपडाले छोपेर असारेकै पातले आप्ने ।
–    माथी उल्लेखित काठकै ८ अखटे भरेङ बनाएर उल्टो ठडाउने ।
–    माथिल्लो तलामा मृतकको प्रतिक राख्ने ।
–    भुइतलामा क्याक्योम तोर्मा राख्ने ।
–    बाँसका साना उल्टो ढुंग्री बनाएर झुण्डाउने ।
–    नजिकै एक पोथ्रो बुनेर राखिदिने ।

क्रमशः

Evidence for Sunuwar as Kiranti

Evidence for Sunuwar as Kiranti


Dr. Lal Shyakarelu Rapacha
Vanishing Ethnicity, Clutures and Languages of Nepal


1. Background
Nepal is a sui generis and rich Himalayan country culturally and linguistically in South Asia. Its glory rests upon multi-race, multi-lingualism and multi-culturalism. On the contrary, her glory as such has been decaying one after another each day. Such is her plight. The process of linguistic and cultural degeneration, leading to complete extinction is taking place speedily even after the restoration of so-called democracy in the year 1990. In many instances, lesser known tribes like Kusunda, Raute, Raji, Athpahariya (Sananggo), Polmocha (?), Hayu and other minority tribes are disappearing without any
special attention.

काेँइच (सुनुवार) जातिका थर/उपथरहरू

काेँइच (सुनुवार) का थर उपथरहरू

क्र.स. सुनुवारका थर उपथरहरू
१)  ओङदा (ओर ओङदा र पुर्बेलि ओङदा) 
२)  कातिच 
३)  कारसिङ 
४)  कालाङ (काउनिफुचे र खारपाङचो) 
५)  कालिकोटे 
६) कोर्मोच 
७)  क्याबा- बगाले क्याबा, रारालि क्याबा, तुमलि क्याबा 
८)  क्युइतिच 
९)  गउडेलि 
१०)  गौरच 
११)  ङावाच 
१२)  चेंबालि 
१३)  छ्योङ्पतिच/ख्योँङपतिच/ख्योंङ्पत 
१४)  जान्चा
१५)  जिजिच 
१६) जिमलुङ 
१७) जेंतिच-सदुवा जेतिच, पालुवा जेतिज 
१८)  जेस्पुच 
१९) जेस्पोच
२०)  ठंग्राच 
२१)  तुर्कुच 
२२)  तुर्सुच 
२३)  तोङ्कुच 
२४)  थुँगुचा 
२५)  थोलोच 
२६)  दसुच 
२७)   दुर्बिच
२८)  दिर्गच 
२९) देब्बाच
३०)  नोप्लिच/नोम्लिच 
३१)  नोम्लिच 
३२)  पर्गाच 
३३)  फतिच 
३४) बिग्याच 
३५)  बिनिच 
३६) ब्रम्लिच
३७)  ब्रलाच 
३८) मुलिच 
३९) यलुंगच 
४०)  याता- गर्सि याता, बम्ना याता, अ्वख याता, ग्राम्सि याता, लगायत अन्य याता
४१)  रवाच 
४२)  रापच
४३)  रुपाच
४४)  रूजिच 
४५) लस्पाच 
४६)  लाराम 
४७)  लिनु 
४८)  लिलुच 
४९)  लुखिच 
५०)  लोकुच 
५१)  लोपा 
५२)  लोर/लोरुङ
५३)  वाङ्गदे 
५४)  शुशुच 
५५)  शुशुच 
५६)  शोचुला 
५७)  सुजिच 
५८)  सोकुच 
५९)  सोङना (दलमुखि, बगाले, भालोचन, भासकार) 
६०)  हेताम (बोवोला) 

 

More Articles ...

Latest Comments

Popular Tags

Official Address

Sunuwar Welfare Society
Dharan 11, Sunsari, Province 1
(e)kiratsunuwarorg@gmail.com
(m)+977-9812345765
(w)www.kiratsunuwar.org.np