सुनुवार सेवा समाज सामुदायिक भवन धरान ११ स्थित किरात धर्म संघसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रममा विशेष गरी किरात धर्म विषय सम्बन्धी विशेष छलफल, थानहरुको उत्थान, आफ्नो थाक थलोको संरक्षण, किरातीहरुलाई एकआपसी सम्झदारी गरी धर्म सम्बन्धी कसरी समायोजन तथा संगठित गर्न सकिन्छ आदि विविघ विषयहरुमा सामु्यिक रुपमा छलफल गरियो । किरात धर्म संघ केन्द्रीय पदाधिकारीहरु साथै सुनुवार सेवा समाज तर्फबाट प्रदेश १, जिल्ला समन्वय समिति सु्नसरी, उपमहानगर समिति, नगर समिति लगायत अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।