कोञिच(सुनुवार) जाति: पहिचानका केही पक्ष

गजेन्द्रकुमार गौरच सुनुवार

सचिव, सुनुवार सेवा समाज क्षेत्रीय समिति धरान, सुनसरी

नेपाल आदिवासी जनजाति महासंङ, सुनसरी, आजको ऐना २०७०

१. जातीयनाम

मानव सभ्यताको सुरुवातीस“ग धेरै जातिले आफ्नो वंश जोड्दै आएको पाइन्छ । यसै सिलसिलामा जंगली युग पार गररे आएका आदिम समदुायका रुपमा दावी गर्ने यो समदुाय आफ्नो पूर्खा (शिकारी युगकै समय ?) कुहिभीरमा जन्मिएको ठान्छन् । यस कुरालाई कोञिच (सुनुवार) जातिका बारेमा वंशावली लेख्न, मिथक भन्नेहरुले स्पष्ट रुपमा राखेका छन् । भौगोलिक रुपमा आफ्नो पहिचान कुहिभीरस“ग गा“सेर ‘कुहिच’ (कुहिभीरका सन्तति÷सन्तान दरसन्तान) भनी आएको र पछि अप्रभंश भई कोञिच भएको ठान्दछन् भने जीवनयापनका क्रममा आफ्नो उत्पत्ति थातथलोबाट अन्यत्र फैलिने क्रममा मूलतः वर्तमान सिम्रौनगढ मानव वस्ती बसाई सामुदायिक सभ्यतालाई धेरै माथि उठाएको र अन्ततः त्यहा“बाट पलायन भई वर्तमानको सनु कोशी नदी वारि(काठामाडा शासकहरुले सम्बोधन गर्ने क्रममा सनु कोशीबाट काठमाडौं तर्फको निजर्न बनजंगल ढालफा“ड गरी त्यहा सुरु मानव बस्ती बसाएकाले ‘सुनकोशीको वारि बस्ने’ ‘सुनुवार’ भनी यस जातिलाई सम्बोधन मानिन्छ र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले समेत यस जातिलाई २०५८ सालमै ‘सुनुवार’ आदिवासी जनजाति भनी सूचिकृत गरेको छ । किरात पूर्खाका जेठा सन्तानका वंश दावी गर्दै आफूलाई सुनुवार भन्दा कोञिच भनाउन बढी रुचाए पनि राज्यबाट सम्बोधन गरिएको आधिकारिक ‘सुनुवार’ शब्दलाई जातीयनामका रुपमा वर्तमानमा संस्थागत रुपमै स्वीकारिएको छ । सुनुवार समुदायको जातीयनामकै सवाल यस जातिलाई युद्धमा साहस राख्नेका योद्धका दृष्टिकोणबाट पनि ब्याख्या गरेको पाइन्छ । पहिलो र दोस्रो विश्वयुद्धमा धेरै नेपालीले वलिदानी गरेका छन् । ती विश्वयुद्धमा होमिनेहरुमा नेपालका कोञिच जाति पनि पर्दछन् । युद्धमा कोञिच येद्धाहरु कसैस“ग नहारी निरन्तर विजय प्राप्त गरकोे र हार्ने सवालमा उनीहरु सर्यू या घामसग“ मात्र यद्धु हार्ने या जुध्न नसक्ने अन्यथा सूर्यसमानको प्रतिस्पर्धी क्षमता राख्ने हुनाले पनि उनीहरुको युद्ध मैदानी क्षमतालाई सम्बोधन गरी घामजस्तै युद्ध जित्ने ९कगल(धबच० भनेर सम्बन्धोन गरिएको र त्यही शब्द अन्ततःक्गलगधबच जातीयनाम भएको भन्ने आख्यान पनि छ ।

२. थर

ऐतिहासिक कालखण्डमा गाउ“ प्रमुखका रुपमा १२ रागी (गाउ“) का प्रमुखहरु १२ थरी र १० रागी (गाउ“) का प्रमुखहरु १० थरी (१० थरे÷थरी र १२ थरे÷थरी खोज गर्न बा“की) भई १२ थरी ७२ उपथरी समेत भनेर सम्बोधित हुने सुनुवारहरुको कति थरहरु विलोप हुने अवस्थामा पाइएको सुनुवार जाति सम्बन्धीका अध्येताहरुको धारणा रहेको छ । हाल कातिच, कोर्माोच, क्याब, क्यइ“ु तिच, ख्याप“ेतिच, गारैच, ङावच, जिजिच,जा“िेजच, जेस्पुच, ठाङग््राच, तेप्पाच, तसुर्चु , तोक“ेचु , थङुग्चु, थोलेच, दसुच, दिर्गच, दुर्बिच, नोम्लिच, पर्गाच, फतिच, बिनिच, बुजिच, ब्रम्लिच, मुलिच, याता, रापच, रावच, रुजिच, लस्पाच, लिनाचे , लाक“ेचु, लु“िखच, वाङदे ष्याचें लु (साचेंलु ), सुसुच थरी सनुवुारहरु पर्याप्त सख्ंयमै देश तथा विदेशमा अस्तित्वमा रहेको पाइएको छ । उल्लेखित थरहरुमध्ये क्याब, याता, वाङदे बाहेक सबैमा ‘च’ (चच – नातिपनाति÷सन्तान) जोडिएर थर नामाकरण भएको पाइन्छ ।

३. जनसंख्या

आफने पख्ुयार्लैी थालथालो तत्कालको वल्लो किरात हालको रामछोप, दालेखा, सिन्धलुी, खाटे ाङ, आखे लढखुां हद“ुै ते¥हथुम, संखुवासभा, ताप्लेजुङ, पा“चथर, इलाम, झापा,मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सिराहा, सर्लाहीमा बासबास गरिरहेका सुनुवारहरुको राष्ट्रिय जनगणना–२०६८ को तथ्याङ्क अनुसार कूल जनसंख्या ५५,७१२ रहेको छ । २०५८ को जनगणनाको तथ्याङ्कभन्दा समेत कम रहेकाले वास्तवित तथ्याङ्क नभएको सुनुवार समुदायले मात्र नभई आम आदिवासी समुदायले समेत गलत भएको ठहर गरेको छ ।

४. किन जनसंख्या कम देखियो ?

समाजलाई नेतृत्व दिने क्रममा अग्रणी रहेका सुनुवार हरुलाई इतिहासमा शासकहरुले ‘मुखिया’को जिम्मेवारी दिएबाट कपितय सुनुवारहरुले आफ्नो नामका पछाडि ‘मुखिया’ लेख्न गरेको र अन्ततः त्यसले सुनुवार जातियनामका सट्ट ‘मुखिया’ जातीयनाम हुन गएको वास्तविक तथ्य छ । तत्कालीन समयमा खास गरी आफ्नो थातथलो छाडी माझकिरात तथा पल्लो किरात पुगेका सुनुवारहरुबाट यो कार्य भएको र पल्लोको किरातका अधिकांश सुनुवारहरुले आफ्नो जातीयनाम मुखिया नै लेखाएका छन् । यसै गरी हिन्दू संस्कार र छुवाछुतको ठूलो प्रभाव रहेको नेपाली समाजमा कतिपय अवस्थामा सुनुवार जातिका व्यक्तिहरुलाई किरात सुनुवार नठानी सुनार (सुनको काराबोर गर्ने विश्वकर्म दलित जाति भनी मानव अधिकारको ठाडो उल्लंघन मानिने छुवाछुत व्यवहार गरेकाले त्यो हेयपूर्ण व्यवहारमा नफ“स्नका लागि आफूलाई राई भनी परिचित गराउनका साथै सरकारी कागजातहरुमा समेत राई नै लेखाएका छन् ।यसरी सुनुवार जातिका धेरैले आफ्नो जातीयनामा नलेख्नु नै मुख्यतः जनसंख्या कम देखिनु हो भने कतिपय जनसंख्या गणनामै छुटेको समेत पाइएको छ ।

५. भाषा, लिपि, वाङमय

सुनुवार जातिको भाषामा भौगोलिकता तथा थरगत प्रभाव छैन । सबै थरी सुनुवारहरुले बोल्ने भाषामा एकरुपता छ । सुनुवार जातिको ऐतिहासिक थातथलोमा क्षेत्री, बाहुन र तामाङ जातिले समेत सुनुवार भाषा नै बोलचालको भाषाका रुपमा प्रयोग गर्दछन् । राष्ट्रिय जनगणना २०६९ ले आफ्नो मातृभाषा बोल्ने सुनुवारको संख्या ३७,८९८ देखाएको छ । भाषा र लिपि एकअर्काका परिपूरक हुन् । सुनुवार भाषाको लिपि मूलतः किरात भाषाविद्हरुले किरात लिपि जो सिरिसङ्गाले प्रवद्र्धन गरे सोही लिपि नै हो भन्ने तर्क गर्दछन् भने सुनुवार भाषामा ऐतिहासिक दखल रहेका स्वर्गीय कर्ण ज“िेतजले लिपिबद्ध गरेको काेिञच लिपि नै सनुवुारहरुको लिपि सुनुवार भाषाको मौलिक लिपि हो भनै सुनुवार सेवा समाज केन्द्रीय समिति लगायत सुनुवार मुखिया समाज दार्जिलिङ र सिक्किमले समेत आधिकारिक रुपमा स्वीकारी त्यसलाई आधिकारिकता दिइआएको छ जुन वर्णहरु किरात लिपिस“ग धेरै नै मेल खान्छ । लेखन या वाङमयका हिसाबले सुनुवार भाषा उति धनी छैन । संस्कारका विधि प्रक्रिया मुखाग्र पद्दतिबाट चले चलाइएको,राज्यहरण पछि शैक्षिक अध्ययनमा राज्यपक्षले गरेको दमन, उत्पीडन र स्वभावैले मानसिक छलछाम र चतु¥याइ“ भन्दा शारीरिक श्रम, सीप र पसिनाले जीवन धान्ने जा“गरिलो, सुधो, फरासिलो स्वभावका सुनुवार समुदाय शैक्षिक प्रगति र साहित्य, बाङमय र लेखनको श्रीवृद्धिमा नलागेका कारण यो क्षेत्र कमजोर छ तर आदिवासी जनजातिहरु आफ्नो भाषा, संस्कार, संस्कृतिप्रति सचेत भई त्यसको संरक्षण, संवद्र्धन र प्रवद्र्धनका लागि लागि परेको अवस्थमा सुनुवार समुदायका केही अग्रज व्यक्तित्वहरु जस्तै ः डा. लाल रापच, उत्तमकुमार सुनुवार, ईश्वरकिरण सुनुवार, मानबहादुर सुनुवार, महेन्द्रमान सुनुवार, राजेन्द्रकुमार सुनुवार, लोकप्रिय सुनुवार, श्याम मुखिया, रणबहादुर क्यु“इचित लगायत कोञिच भाषाको संरक्षण, संवद्र्धन, पर्वद्धन र कोञिच वाङ्मयको श्रीवृद्धिका लागि उल्लखे नीय कार्य गनर्भुएको र गरिरहनभु एका े छ ।

६. पेशा

शिकारी युवा र कृषि युवा पार गरेका आफ्नो पुर्खालाई नभुल्ने सुनुवार समुदाय मूल पेशा कृषि थियो जुन खेतिपाती र पशुपालन हो । मूलतः शाही शासकहरुले सुनुवारहरुको ऐतिहासिक थातथलो हड्प्ने क्रममा उनीहरुलाई मुखियाको पदवी दिएर गाउ“का ठालु बनाई समान्त प्रवृत्त गराएपछि उनीहरुको धार्मिक–सांस्कृतिक प्रभाव सहित केही चतुरपना भित्रिएको पाइन्छ । सभ्यतास“गै मानव समाजलाई आवश्यक पर्ने साधारणदेखि अति आवश्यकीय सामनाहरु बनाउन विज्ञान र विद्वान लागि परेजस्तै सुनुवार समुदाय पनि देश, काल र परिस्थिति अनुसार सीप र शिल्प देखाउन धेरै नै निपूर्ण छन् ।

व्यवहारिक सीपसाधान र त्यसबाट जीविकोपार्जन पेशाकै रुपमा सुनुवार जातिमा स्थापित छ । माथि दलित जातिको शंकामा आफूलाई राई भनाएको चर्चाजस्तै “तिमीहरु कस्तो सुनुवार ?” भनी प्रश्न गर्दा “डालोनाङ्लो बुन्ने” भनी आफ्नो समुदायलाई चित्रोफुङ्लो (चोयाको काम) गर्न सिपालु जातिको रुपबाट परिचय दिई सुनुवार र सुनारबीचको भिन्नता स्पष्ट पारेको तथ्यबाट सुनुवार जाति चोयाको काममा निपूर्ण हुन्छन् भन्ने प्रष्ट हुन्छ । यति मात्र हैन युग अनुकूलको सीप र शिल्प साधनामा सुनुवार पेशेवर बनाउन सफल देखिन्छन् । यसको उदाहरण चित्रकलामा टेकवीर मुखिया सुनुवारलाई एक प्रतिनिधि र सम्मान गर्नै पर्ने व्यक्तित्वका रुपमा लिन सकिन्छ जसले किरात राजा यलम्बरको तस्वीरदेखि संसद र संविधानसभाको लोगोसम्म बनाएका छन् । यसैगरी सुनुवारहरु सैनिक पेशमा पनि आफूलाई स्थापित गर्न योग्य छन् । कुनै समय सुनुवारको ऐतिहासिक थातथलोका प्रत्येक घरका एक मात्र हैन सबै छोराहरु बेलायती सेनामा कार्यरत हुन्थे भने नेपाल प्रहरी र सेना तथा भारतीय सेनामा समेत धेरै सुनुवार थिए र छन् । समाजका सबलौई समान रुपले हर्नेे विभदे गर्न नरुचाउने सबैस“ग मिलेर बसोबास गर्न रुचाउने सुनुवार जाति राजनीतिमा विशेष हेलमेलले बाहेक उत्ति चासो गर्दैनन् तर समाज सेवामा भने निकै चासो राख्दछन् । यो तथ्यलाई नेपाली काग“से्रको जहाज हाइज्यक काण्डका एक सहभागी महशे कामोर्चे र उनका टिम काग“ से्रनेताहरुको राजनैितक जीवन अध्ययन गरे पनि पुग्छ । समग्रमा देश, काल र परिस्थितिस“ग मानिसले बा“च्नका लागि आफू अगाडिको परिस्थिति र परिवेशको समाना गर्नैपर्दछ । यो धवु्र सत्य हो । जनसख्ंया र बसाइ“ सराइ तथा औधोगिकीकरण र शहरीकरणमा आएको द्रूत वृद्धिका कारण र कृषि उत्पादनको ¥हासउन्मुख अवस्थाले सुनुवार जतिले पनि स्थापित अवस्थामा बाहेक आफ्नो सामुदायिक पेशालाई परिवर्तनतर्फ धकेलेका छन् । व्यापर, पर्यटन,घरेलु तथा साना उद्योग, श्रमिक (वैदेशिक रोजजार) र सरकारी(जंगी, निजामति, शिक्षा लगायत) सेवा, साहित्य लेखन, अधिकार अभियन्ताका क्षेत्रमा आफूलाई उभ्याउन अघि बढेको पाइन्छ ।

७. मौलिक धर्म

सुनुवार जातिको मौलिक सामुदायिक धर्म किरात हो । कानुनले प्रदान गरेको मौलिक अधिकारको प्रयोग आफ्नो सामुदायिक मौलिक अस्तित्व र पहिचानको ख्याल नगरी धामिर्क क्षत्रेमा हुदा“ सुनुवार जातिभित्र आफने मौलिक धर्म भन्दा फरक धर्म मान्नेहरु पनि छन् । कुनै पनि धर्मले जीवन र जगतका लागि खराब काम नगर । गरिरहेको भए त्यसलाई त्याग ।

अधैर्य हैन धर्यवान बन् । भनी मानिसमा आध्यात्मिक र पवित्र नैतिक चरित्रको दर्शन दिन्छ तर केही धर्म परिवतर्न गर्नेहरु यसरी आफ्नो मौलिक अस्तित्व र पहिचान त्यको छन् किमानांै त्यहा“ गए पछि कहेी नगरे पनि आफू धार्मिक भइन्छ, देवा आशिष प्राप्त हुन्छ । यस्तो अन्धो र अविवेकीपनले अस्तित्व र पहिचान समाप्त गर्ने काम भई आफू र आफ्नो समुदायको मौलिक संस्कार, सस्ंकृति र पहिचान समाप्त पार्ने अवस्था सिजर्ना भएको छ ।

८. मुख्य संस्कारहरु

मानिस जन्मदेखि मृत्यसम्मका अवधिमा समाजका सामु आध्यात्मिक र नैतिक दृष्टिले विधिवत गर्नै पर्ने क्रियाकलपा नै संस्कार हो । सुनुवार समुदायको मुख्य संस्कार पनि जीवनको सुरुवातदेखि अन्तसम्मैको छ । सुनुवार समुदायको मुख्य संस्कारहरुमा जन्म (गर्भ पूजादेखि जन्मसम्मको विविध संस्कार), न्वरान, भातखुवाइ, छोराको छेवर, छोरीको गुन्यूचोली, विवाह र मृत्यु संस्कार पर्दछ ।

९. धार्मिक, सांस्कृतिक स्थल

सुनुवार जाति प्रकृतिपूजक जाति भएकाले प्राकृतिक वातावरणलाई नै धार्मिक स्थलका रुपमा मानी आएका छन् । धार्मिक स्थलका रुपमा ग्योर(ष्या“दर थान), ठूलो खोलानाला तथा ढुड्डा, भीरपहरा, अग्ला डा“डा आदिलाई देवस्थलका रुपमा मान्दछन् भने सांस्कृतिक स्थलका रुपमा चिहान, चौतारो, देउराली, देउरालीलाई लिने गर्दछन् भने आफ्नो कुल पृतिहरुलाई आफ्नो मूल घरको भित्री कुना(सुर)मा लगा बनाएर स्थापन गरी पूजा गर्दछन् । मन्दिर, गुम्बा आदि जस्तो देव देवी पूजा गर्ने

१०. भेषभूषा

दौरासुरुवाल, इष्टकोट, टोपीमा सिरिस फूलको प्रकृतिक रंड्डीचड्डीपनजस्तै रड्डिन जाली रुमाल र कम्बरी (झुम्का सहित बा“ध्ने डोरी भएको पुरुषहरु र महिलाहरु फरिया, चोली, सप्तरड्डी बर्की पहिरन गर्दछन् । गहनाका रुपमा पुरुषले खासै गरगहना नलगाए पनि कानमा मुन्द्री र हातमा बाला लगाउ“छन् भने महिलाहरुले ढुंग्री, झुम्केबुला“की, माडवारी, रेजी, हारी, नौगोडी, आठंैी खुट्टामा कल्ली र हातमा चुरा गहनाका रुपमा लगाउ“दछन् ।

११. रहनसहन

सामुदायिक स्वभाव भएका हुनाले सुनुवार समुदायको ऐतिहासिक प्रवृत्ति संयुक्त परिवारमा बस्ने देखिन्छ । प्रायःएक साथ बस्ने प्रवृत्तिले बस्ती झुरुप्प नै हुन्छ । बा“स, काठ, ढगुां माटोको घर, घरसगै“ पाली, घर नजिकै बस्तुको गाठे , सुग“ुर तथा भेडाबाख्रको खोर हुन्छ । सुनुवारहरु घर नजिकै भए पनि कुलो ल्याएर घर नजिकै धारा प“धेरा बनाउने गर्दछन् । किसान पृष्ठभूमिबाट आएको यो समुदायको खानपान भात तरकारी हो । भूगोल हेरी धान, कोदो गह“,ु जौ, उवा, फापर, आलु, पि“डालु, मकै, भटमास आदिलाई मुख्य अनाजका रुपमा खानपाना समावेश गर्दछन् । गाइगोरुको मासु प्रायः नखाने सुनुवार समुदाय शिकार खाने अरु पशुपक्षी प्रायः सबै नै खान्छन् । पौढतातिर ढल्किसके पछि प्रायः घरेलु मदिरा सामान्य चलनका रुपमा सेवन गर्दछन् । सूर्तीजन्य पदार्थ प्रायःसेवन गर्दैनन् ।

१२. चाडपर्व

स्वपहिचान गराउने सुनुवारका मौलिकताभित्र ष्या“दर (उ“भौली) खेति सुरु हुन अघिको आराम, राम्रो÷उन्नत बिउ भए खाज्ने माग्ने र प्रक्रृतिलाई आफूले यस वषर्भरि गर्ने कर्मको फल राम्रो होस् भनी पुकार÷प्रार्थना गरी कृषिकर्मका क्रममा हुने क्रियाकलापको अनुकरण झल्कने विभिन्न प्रकारको शिली गर्दछन् भने राज्यले किरात पर्व भनी घोषणा गरेको उ“धौलीलाई वर्षभरिमा आफूले गरेको उपलब्धी सबैमा सुनाउने÷साट्ने, फलेको अन्नमा सह र पाएको उपलब्धीमा दीर्घकालीनाता रहोस् भनी कामान गरी भूमि(आधार) पूजाका साथ ‘गि“जो’ नया“ अन्न खाने दिनका रुपमा मनाइन्छ । यसका अलावा रा“के पिदारी(साउने संक्रान्ति), बलिहोपो पिदार(तिहार) नकथोचे पिदार(माघे संक्रान्ति), श्रीपञ्चमी (सुनुवार वंशको जन्मदिवस) पर्वका रुपमा मनाउ“दछन् भने सांस्कृतिक संमिश्रणका प्रभावले अन्य सामाजिक पर्वहरु पनि मनाउने गर्दछन् तर ती पर्वहरु जातीय पर्व मानिदैन ।

१३. शारीरिक बनावट र स्वभाव

सुनुवार जातिका मानिसहरु गहुगोरोमा केही रातो मिश्रित वर्णका हट्टाकट्टा शरीरवाला हुन्छन् । थेप्चो नाक, गोला आखा“, अलिअलि मात्र जघ“ुादारी, मोटो कशे, माझौलो लम्बाइका हातका आलांै, हातपाखरुा र घड“ुा छेपारी प्रायः सिधा मिलेको शारीरिक बनावट र औसत पा“च फिटभन्दा बढी उचाइ हुन्छ सुनुवारहरुको शारीरिक बनावट । आफ्नो कूलपित्र(मूली) र ष्या“दर इष्टदेवीस“ग परम सद्विश्वास राख्ने सुनुवार जाति प्रकृति (सूर्य य घाम र आगो एवम् जन्म दिने आमालाई परम साक्षी राख्छन् । शारीरिक श्रम गर्न कुनै हिचकिच नमान्ने, फर्साइलो स्वभाव र औसत सुझबुझ हुने तथा बुझाएको कुरा तत्काल बुझ्ने स्मरणशक्ति भएका सुनुवारहरु रिस उठेमा तुरुन्तै सवाल–जवाफ गरिहाल्ने तर प्रतिरोधमा हामला गरिनहाल्ने बरु लामो समयसम्म इख राख्ने स्वभावका हुन्छन् ।

१४. हातहतियार तथा औजार

कृषि तथा शिकारी युवा पार गरेर आएका सुनुवारहरुको उति सामरिक हतियार चलाउ“दैनन् तापनि भरुवा बन्दुक उनीहरुको सुरक्षाको मुख्य हतियार मान्छन् भने दैनिक कृषिकार्यका लागि कुटो, कोदालो, झम्पल, खन्ती, काठका गल र तिस्कुला, मुङ्ग्रो, खुकुरी, चेप्सा, खुर्पा,कचिया÷ह“सिया, खुरुम्बी(खुर्मी आदि प्रयोग गर्दछन् । यसैगरी शिकार सम्बन्धी कार्यका लागि भरुवा बन्दुक, धनु–का“ड,गुलेली–मट्याङ्ग्रा, लिसोपासो, दा“वाली, झ्याप्पालो आदि र दैनिक जीवन चलाउने क्रममा ढिकी, जा“तो, ओख्ली,पानीघट्टा, कोल लगायत मौलिक घरेलु प्रविधि उपयोग गर्दछन् भने वर्तमान समयमा जेनेरेटर तथा विद्युत लाइनबाट चल्ने मिलको समेत प्रयोग गर्दछन् ।

Leave a Comment