मिति २०७७ फागुण २३ गते बोलबम धर्मसाला हल, चतरा, सुनसरी स्थित खुवालुङ्ग क्षेत्र संरक्षण भेला आयोजक समितिको आयोजनामा किराँती सभ्यता सङ्ग जोडिएको साँस्कृतिक महत्वको मुन्दुमी दर्शनले मानिआएको शक्ति केन्द्र खुवालुङ्ग सम्बन्धी जानकारी एवम् छलफल कार्यक्रम रहेको थियो । उक्त खुवालुङ्गको विषयमा कार्य पत्र प्रस्तोत किरात प्रज्ञापरिषद केन्द्रीय सदस्य शालिक सतासक र किरात धर्म संघ नेपाल मुन्धुम परिषद संयोजक इन्द्रहाङ खम्बुज्यू लगायत विज्ञहरुद्वारा कार्यपत्र प्रस्तुत गरिएको थियो । उक्त क्षेत्रलाई तथ्य र अध्ययनहरुले किरातहरुको आस्थाको केन्द्र विन्दु, शक्तिको केन्द्र स्वरुप, किरातहरुको सभ्यतासँग जोडिकएको, किरातहरुको क्षेत्र खुवालुङको भौगोलिक, परम्पारिक र संकार साँस्कृतिको धरोहरको रुपमा चिनिने जानकारी दिदै यसलाई किरातहरुको धार्मिक स्थलको रुपमा विकासको रुपमा र किरातको सभ्याता मास्न हुदैन भन्ने विषयमा जोडदिनुभएको थियो । यस विषयमा अध्ययन र अनुसन्धान गर्न अनुरोध गर्नुभएको थियो । उक्त कार्यक्रममा सुनुवार सेवा समाज तर्फबाट प्रतिनिधिहरु प्रदेश नंं १ तर्दथ समिति, जिल्ला समन्वय समिति सुनसरी, बराक्षेत्र, रामधुनीको सहभागीता रहेको थियो भने सो विषयमा प्रदेश नं. १ सरकारलाई ज्ञापन पत्र बुझाउनु जादा ९ वटा संघ संस्था मध्य सु.से.स.जि.स.स.,सुनसरीको सहभागीता रहेको थियो ।
