मिति २०७८ साल वैशाख २४ गतेका दिन सु.से.स. जिल्ला समन्वय समिति सुनसरीको आयोजनामा “जनगणना सम्बन्धी सचेतनामुलक कार्यक्रम” अनलाइन मार्फत सम्पन्न भएको थियो । यसको मुल उद्देश्य भनेको सुनुवारहरुको गण संख्या नछुटोस र के के कुराहरुमा विषेश ध्यानदिनु पर्छ भन्न विषयमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा विशेष गरी सुनसरी भरीका सु.से.स. प्रेदश नंं. १, नगर समिति, वडा समिति, युवा समिति, महिला समिति, विद्यार्थी समाज लगायन अन्य सदस्यहरुको सहभागीता रहेको थियो । २०५८ सालमा सुनुवारहरुको जनगणना छुट्नका साथै अन्यमा सुचितकृत भएको हुनाले पटक पटक नछुट्नको निम्ति सचेतनामुलक कार्यक्रमको आश्य र मूल उद्देश्य रहेको थियो । यस अभियान विशेष गरी आ–आफ्नो समितिहरुलाई सचेत गर्ने र गराउने । त्यस पश्चात आफ्नो क्षेत्र भित्रका स्थानीय तहका सुनुवारलाई जनगणना सम्बन्धी सचेत गराउने जस्तै विभन्न माध्यमबाट घरदैलो कार्यक्रम गर्ने, पम्प्लेट वितरण गर्ने, संचार माध्यम मार्फत जानकारी गराउने र अन्य जिल्ला क्षेत्रमा यस अभियानको शुरुवत गर्ने जानकारी गराइयो । उक्त कार्यक्रममा प्रमुख अतिथि सु.से.स. संघीय समितिका अध्यक्ष, विशेष अतिथि प्रदेश नंं. १ अध्यक्ष र प्रवक्ता तर्जन सुनुवार रहेको थियो ।