मिति २०७८ पौष १७ गते, धरान ११ स्थित सुनुवार सामुदायिक भवनमा सु.से.स. उपमहानगर समिति धरानको चौथो अधिवेशन खुला १७ सम्पन्न गरियो । उक्त कार्यक्रमको प्रमुख अतिथि सु.से.स. प्रदेश नं. १ का अध्यक्ष एसा सुनुवार, विशेष अतिथिहरु सु.से.स. जिल्ला समन्वय समिति सुनसरीका अध्यक्ष, नेपाल आदिवासी जनाजति नगर समन्वय परिषद्का सचिव, अतिथिहरु विभिन्न जातिका प्रतिनिधिहरु, पत्रकार आदि उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको अवसरमा सु.से.स. प्रदेश नं. १ द्वारा डिप्लोमा इन एरोनटिकल इन्जिनियरिङ्ग कोष गरेकी बुद्ध एयरमा साहयक कार्यरत रहनु भएका लक्ष्मी सुनुवार र धरान नगर समितिद्वारा धरानमा रहेका ७५ वर्ष भन्दा माथिका वृद्धहरुलाई बर्को र सम्मान पत्र दिई कार्यक्रममा सम्मान गरिएको थियो । वडाका प्रतिनिधि नआएका कारण निर्वाचन मण्डलीद्वारा बन्द सत्र स्थगित गरियो । १५ दिन भित्र सूचना प्रकाशित गरि नयाँ कार्य समिति चयन गरिने निर्वाचन मण्डलीद्वारा जानकारी दिनुभयो ।

Leave a Comment