सुनसरी तस्रो जिल्ला अधिवेशन भव्यताका साथ सम्पन्न

मिति २०७८ फागुण १४ गते, सुनुवार समुदाय धरान ११ स्थित सु.से.स. जिल्ला समन्वय समिति सुनसरीको तेस्रो जिल्ला अधिवेशन भव्यताका साथ सम्पन्न गरियो । उक्त कार्यक्रमका प्रमखु अतिथि सु.से.स. संघीय समितिका अध्यक्ष रणवीर सुनुवार, विशेष अतिथि सु.से.स. प्रदेश नं. १ का अध्यक्ष एसा सुनुवार, ने.आ.ज.म. जिल्ला समन्वय परिषद्का अध्यक्ष राम मान्डुपा राई, अतिथिहरुमा जतीय संस्थाका अध्यक्ष, प्रतिनिधिहरु, पत्रकार आदिको सहभागीता रहेको थियो । कार्यक्रममा राष्ट्रियगान, धुपध्वार गरी उद्घाटन गरिएको थियो । सुनसरी भरी पुजारीहरुलाई फेटा लाई सम्मान साथै सु.से.स. क्षेत्रीय, जिल्ला समितिका पूर्व अध्यक्षहरुलाई दोसल्लालाई सम्मान गरिएको थियो । अधिवेशनको अवसरमा प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, प्रदेश नं. १, विराटनगरको संयोजकत्वमा इटहरीमा आयोजित होली विशेष साँस्कृतिक महोत्समा झाँकी प्रतियोगितामा सान्त्वना पुरस्कार हासिल गरिएका ९ जना कलाकारहरुलाई नगद र सम्मनापत्रद्वारा सम्मानित गरियो । विष्णुमाया छात्रवृत्ति कोष प्राप्त गरिएका समिका र एलिसा सुनुवारलाई नगद हस्तान्त्ररण गरियो । बन्द सत्रमा तेस्रो जिल्ला अधिवशेनको निवार्चन मण्डलीद्वारा जिल्ला नयाँ पदाधिकारीहरुको निन्मानुसास निरविरोध चयन गरियो । अध्यक्ष टार्जन सुनुवार (इटहरी), पेसल कुमार सुनुवार (इटहरी), सचिव भुवन सुनुवार (बराहक्षेत्र), सहसचिव शर्मिला सुनुवार (धरान), कोषाध्यक्ष सब्बु सुनुवार (धरान), सदस्यहरुमा, प्रिया सुनुवार (बराहक्षेत्र), गोम ब. सुनुवार (रामधुनी), अनिल याता (धरान), टिकामाया सुनुवार (इटहरी), सोम कुमारी सुनुवार (बराहक्षेत्र), रोशन सुनुवार (इटहरी, विद्यार्थी) गरी जम्मा ११ जनाको समिति प्रकृयानुसार चयन गरियो । अन्त्यमा सु.से.स. संघीय, प्रदेश नं. १, निवर्तमान जिल्ला अध्यक्ष, निवार्चन मण्लीका अध्यक्ष लगायत उपस्थित मानुभावहरुले शुभकामना आदान प्रदान कार्यक्रम साथै तस्रो जिल्ला अधिवेशनबाट चुनियका अध्यक्षबाट आफ्नो प्रतिवद्धताजयार गर्नु भएको थियो ।

Leave a Comment