सुनुवार बारे संक्षिप्त जानकारी
एसा सुनुवार
२८ भदौ २०७३, मंगलवार
१. सामान्य परिचय
‘सुनुवार’ नेपालमा वसोवास गर्ने जात (हिन्दु) तथा जाति (आदि(मूल)वासी)हरूमध्ये एक प्राग–ऐतिहासिक किराँती आदि(मूल)वासी हुन् । उनीहरूको आप्mनै मातृभाषा हुने भएकोले आप्mनो मातृभाषाको मौलिक नाम किराँती–कोँइच हो । प्रशासनिक (नागरिकता, राहदानी, मतदाता सूची) र शैक्षिक प्रमाण–पत्रको नाम चाहिँ ‘सुनुवार’ हो । नेपालको ऐतिहासिक पछिल्लो कालखण्डमा सुनकोशीको वारी वसोवास गरेपछि मात्रै सुनुवार नाम रहन गएको विभिन्न स्रोतबाट थाहा हुन आएको छ । पछिल्लो जनगणना अनुसार उनीहरूको पहिलेको जनसंख्या ९५ हजारबाट घटेर ५५,७१२ मा झरेको पाइन्छ ।
उनीहरू विभिन्न थरहरू (जस्तैः मुलिचा, रुपाचा, कोर्मोचा, रापचा आदि) मा वर्गीकृत भएका हुन्छन् । ती थरहरूमध्ये प्रायःजसो थरनामको अन्त्यमा /–चा/ (लेखनमा वा /–च/ वोलीमा) प्रत्यय लागेको हुन्छ । त्यस्ता थरनामहरूको आप्mनै भाषिक–सांस्कृतिक अर्थ र महत्त्व हुन्छन् ।
उनीहरूको पुख्र्यौली किपटीया थातथलो वा आदिभूमि पूर्वी नेपालको पहाडी क्षेत्र ओखलढुङ्गा, रामेछाप र दोलखालाई मानिन्छ । तर उनीहरूको वसोवास नेपालको डडेलधुरा, दार्चुला, जुम्ला, कालीकोट, मनाङ र मुगु गरी ६ जिल्ला वाहेक बाँकी ६९ जिल्लामा छरिएर रहेको पाइन्छ । नेपाल वाहिर पनि उनीहरूले वासोवास गरेको पाइन्छ ।
विभिन्न थरनामहरूमा वर्गीकृत भएका कोँइचहरू नेपालभित्र र बाहिर जहाँसुकै छरिएर वसोवास गरेतापनि उनीहरूको मातृभाषामा समानता पाइन्छ । भाषावैज्ञानिक वर्गीकरणमा चीनिया–तिव्बती महा–परिवारको किराँती परिवारमा पर्ने कोँइच भाषाको भगिनी भाषा किराँती–बायुङ (बाहिङ) हो । उनीहरू बीचको घनिष्ट सामिप्यता भाषा र थरनामहरूसँगै घुमन्ते लोकसाहित्यमा पनि पाइन्छ ।
२. उत्पत्ति
कोँइच नेपालका एक प्राग–ऐतिहासिक किराँती आदि(मूल)वासी हुन् । नेपालमा उनीहरूको वसोवास किराँती राजा एलम्बर होपोको शासन परापूर्व काल वा ईशापूर्व पहिले नै भएको मानिन्छ । मानवशास्त्रीय वर्गीकरणमा उनीहरू मंगोलोइड परिवारभित्र पर्ने जाति भएकोले पनि उनीहरू सर्वप्राचीन जाति हुन् । मानवशास्त्रीहरूको भनाइमा उनीहरू चीनिया पहेंलो नदी तथा तिब्बत हुँदै नेपाल लगायत संसारका विभिन्न भागमा छरिएका हुन् । किराँती–बायुङ घुमन्ते लोकसाहित्यले उनीहरूको घुमन्ते बाटो थार्मालुङ थार्सिलुङ बताउनुले पनि त्यही तथ्य प्रमाणित गर्दछ । कोँइचहरूको आप्mनै पोँइबो साहित्यले पनि श्यामाङलुङ (वा सिङमाङजोङ) बाट प्रवेश गरेको भन्ने बताइ आएको पाइन्छ ।
३. शारीरिक बनौट
शारीरिकरुपले उनीहरू मझौला कदका हुन्छन् । उचाइ बढीमा ५.८ फिटसम्म हुन्छ । उनीहरू प्रायःजसो लाल (रातो) वर्णका हुन्छन् भने केही चाहिँ गहुँगोरो र भूगोलसँगै काल्चे पनि हुन्छन् । छोरी मान्छेहरू पातली जिउडाल सलक्क परेका देख्दै असाध्यै राम्री हुन्छन् । छोरा मान्छेहरू हल्का पालता जुँगा–दाह«ी भएका हुन्छन् । आप्mनो जातीय भेषभूषामा संजिदा त उनीहरू झनै आकार्षक देखिन्छन् ।
४. स्वभाव
कोँइच जाति स्वभावैले जाँगरिला हुन्छन् । छिटो छिटो बोल्ने र छिटै रिसाउन सक्ने पनि हुन्छन् । तर लामो समयसम्म कसैसँग पनि रिस–राग पालेर बस्न सक्दैनन् । उनीहरू ज्यादै कमलो मन भएका दानी र सहयोगी हुन्छन् । परिआएको खण्डमा हातेमालो गरी अगाडि बढ्ने जाति हो भन्नु अन्यथा हुदैन ।
५. धार्मिक विश्वास
कोँइचहरू मुग्दुम चलाउने भूमिपुत्र किराँती भएकोले उनीहरू किराँत झाँक्रीवाद (बोनिज्म) का अनुयायी हुन् । उनीहरूको पूजारीलाई न्हाःसो र झाँक्रीलाई पोँइबो भनिन्छ । बोन धर्मको अभ्यास गर्नेलाई बोन्बो भनिन्छ भने पोँइबो शब्द बोन्बोबाट व्युत्पत्ति भएको मानिन्छ ।
६. चाडवाड र संस्कृति
कोँइचहरूले मुग्दुम अनुसार मानिएको आएको सांस्कृतिक चाडवाडमा श्याँदर नै प्रमुख हो । यसमा सालिवा श्याँदर (उभौली वा वैशाखे पूर्णिमा) र रापवा श्याँदर (उधौली वा मङ्सिरे पूर्णिमा) गरी वर्षको दुई पटक भूमिपूजा, रोपाइँ र नौगी गरी मनाइन्छ । यसमा श्याँदर देयी (भूमि) सँग राम्रो सुब्यफाव्यको वरदान मागिन्छ । लगाएको अन्नबाली राम्ररी फस्टावस् भन्ने प्रार्थना गर्दै रापवा श्याँदर मनाइन्छ भने सालिवा श्याँदरमा फलेको अन्नबाली र फलपूmल चढाएर भूमिपूजा गरी नयाँ नौगी चढाएको प्रसाद ग्रहण गरिन्छ ।
विगत सांस्कृतिक शाहकालीन कालखण्डको इतिहासमा राम्लिहाङ र रिदामाको हत्या प्रकरणबाट दशैं शुरु गरिएको भए पनि वर्तमानमा धार्मिक सहिष्ण्ुता कायम गरी दिनका लागि दशैं–तिहार पनि मनाउने गरिएको पाइएको छ । तर उनीहरूको मुग्दुममा भने कतै पनि दशैं–तिहारको उल्लेख भएको पाइदैन ।
७. संस्कार
कोँइचहरूको थर अनुसार कुलपूजा गर्दछन् । जाँड–रक्सी र मंस पूजामा प्रयोग गरिने सामान्य सामग्री हुन् भने पानी, तितेपाती, धुपी र टोटला पनि पूजा सामग्रीको रुपमा प्रयोग हुन्छ । विवाहमा आप्mनै जातिको पोँइबो–ग्यामी (पुरुष–नारी झाँक्री) ले विधिविधान गर्दछन् । न्वारन कार्यमा पनि पोँइबो–ग्यामीले नै मुग्दुम फलाक्दै कार्य गर्दछन् । घरपालुवा पंक्षीको मंस प्रयोग गरी नवजात शिशुको बगे (बज्यै)ले नै कलपिप बगेलाई चढाउने गरिन्छ । त्यस्तै वैवाहिक कार्य पनि पोँइबो–ग्यामी र न्हाःसोकै उपस्थितिमा हुने गर्दछ ।
मृत्यु संस्कारमा पनि पोँइबो–ग्यामी र न्हाःसोले नै गर्ने गर्दछन् । तर त्यस बेला मुख्य भूमिका भने छोरीचेली र ज्वाइँचेला कुटुम्बहरूकै हुने गर्दछ ।
८. पेशा
लोककलामा निपूर्ण कोँइचहरू बाँसको कलाकृति उत्पादनमा खप्पिस छन् । पितृपूजा स्थलमा पनि बाँसकै लगापर्गी (आध्यरुप ल्हाकाङ) प्रयोग गर्ने कोँइचहरूको बाँससँगको साइनो आदिवासी ज्ञानको उत्तम नमूनाको रुपमा मानिएको छ । उनीहरूले सृजना गर्ने त्यस्ता कलात्मक सामग्रीहरूमा फिपी, नाङलो, थुन्से, ठेकी, कठुवा, मान्द्रो, डेली आदि पर्दछन् । आजको एक्कासौं सताब्दीमा अन्य जात र जातिले गर्ने प्रतिस्पर्धात्मक पेशमा पनि उनीहरूको संलग्नता पाइन्छ ।
९. निष्कर्ष
प्राग–ऐतिहासिक कालखण्डदेखि नै नेपालमा वसोवास गर्दै आएका किराँती–कोँइच (सुनुवार) जाति एक सर्वप्राचीन वासिन्दाको रुपमा चिनिन्छन् । उनीहरूको आप्mनै गौरवशाली मौलिक भाषा, धर्म, संस्कृति, लोकपरम्परा, पहिचान, सीप, भूगोल र अलिखित इतिहास छ ।
धन्यवाद ज्ञापन
यो छोटो लेख तयार गर्ने क्रममा महत्त्वपूर्ण सुझाव दिई सहयोग गर्नु हुने डा. लाल–श्याँकारेलु रापचाप्रति आभारी छु । यसलाई टाइप गर्ने काम पनि उहाँले नै गर्नु भएको हो ।