मिति २०८१ पौष १३ गते, शनिबारका दिन सुनुवार सेवा समाज संघिय समितिको बार्षिक साधरण सभा कार्यक्रम भव्य र सभ्यताका साथ सम्पन्न गरियो । उक्त कार्यक्रममा सु.से.से. सघीय समिति लगायत प्रदेश, जिल्ला समन्वय समिति, नगर समिति, विद्यार्थी समाज, महिला समिति, ब्रम्मालिच समाज अािदको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा सु.से.स. संघीय समिति, प्रदेश नं. १ समिति, जिल्ला समन्वय समिति, नगर समिति, विद्यार्थी समाजहरूले प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन वाचन र पेश गरिएको थियो । उक्त प्रतिवेदन साथै प्रस्तावनाहरुलाई संसोधन, थप घट, छुटेकाहरुले पुनः रुपमा थप गरिने, सल्लाह सुझावहरु संकलन गरी प्रतिवेदन तयारका लागि पाँच जना समिति गठन गरेर सो प्रतिवेदनहरु पाँच दिन भित्र पेश गर्ने गरि सबै प्रतिवेदन सो समितिलाई हस्तान्तरण गरियोे । अन्ततः बन्द शत्र सु.से.स. संघीय समितिको अध्यक्षज्यूबाट समापन गरिएको थियो ।