सु.से.स. जिल्ला समन्वय समिति भोजपुरका अध्यक्ष विनोद सुनुवार र सु.से.स. नगर समिति षडानन्दका अध्यक्ष नरेन्द्र सुनुवार चयन

मिति २०७८ साल पौष ९ गते शुक्रबारका दिन भोजपुर जिल्ला षडानन्द नगरपालिका वडा १० साङपाङसुनुवार गाउ स्थित भोजपुर जिल्ला र षडानन्द नगरपालिका प्रथप अधिवेशन सम्पन्न भएको छ । उक्त कार्यक्रम सु.से.स. जिल्ला प्रदेश नं. १ को प्रमुख अतिथि र सु.से.स. जिल्ला समन्वय समितिको सहकार्यमा कार्यक्रम भव्यता र उत्साहका साथ सम्पन्न भएको छ । षडानन्दा नागरपालिका वडा १० साङपाङ सुनुवार गाउमा करिब २० घर सुनुवार रहेको साथै ३–४ पुस्ता देखि विभिन्न ठाउबाट बासेबास गर्दै आइरहेको छ । प्रदेश नं. १ को सु.से.स. संगठन विस्तार अभियानलाई सु.से.स. जिल्ला समन्वय समितिको सहजि करणका साथ कार्यक्रम भव्यता पूर्वक सम्पन्न भएको थियो । उक्त ठाउमा पहिलो पटक यस्ता कार्यक्रम भएको हुनाले स्थानीय सुनुवारहरु एक साथ हुन पाउदा निकै उत्साहित र हर्शित भएका छन् । कार्यक्रम परिचयबाट शुवात भई स्थानियहरुको आ–आफ्नो राय सल्लाह सुझावहरु व्यक्त गरेका थिए । प्रक्रियावद्ध जिल्ला अधिवेशन, नगर अधिवेशन नयाँ कार्यसमिति निर्णायक मण्डलीद्वारा चयन, सपथ ग्रहण खदा साथै अभिरजात्रा साथ शुभकामना आदान प्रदान गरिएको थियो । कार्यक्रमको अवसरमा बाजे ल्याप्टेन स्व. पहलमान सुुनुवार कातिच बुवा स्व. देश बहादुर सुनुवार कातिचको सम्झानामा १० दुर जग्गा थानका लागि छोराहरु हेमराज सुनुवार र हेमन सुनुवारद्वारा उपलब्ध गराउने घोषण गर्नु भएको थियो । निर्णायक मण्डलीद्वारा सु.से.स. का जिल्ला समन्वय समिति भोजपुरका पदाधिकारीहरु अध्यक्ष विनोद सुनुवार, उपाध्यक्ष सुन्दर कुमारी सुनुवार, सचिव खगेन्द्र सुनुवार, कोपाध्यक्ष नरेस सुनुवा र सदस्यहरु दुर्गा बहादुर सुनुवार, समिर सुनुवार चयन गरिएको थियो भने नगर समिति षडानन्दका अध्यक्ष नरेन्द्र सुनुवार, उपाध्यक्ष खड्क कुमारी सुनुवार सचिव राम बहादुर सुनुवार, कोपाध्यक्ष सुप्रिया सुनुवार र सदस्यहरु सुमित सुनुवार, सीतादेवी सुनुवार, देवान सिंह सुनुवार चयन गरिएको थियो । अध्यक्षद्वारा प्रतिवद्धता साथै छुटेकाहरुलाई प्रभावकारी ढंगले सहभागीता गराउने जानकारी गराउनु भयो ।

सु.से.स. जिल्ला समन्वय समिति भोजपुर
सु.से.स. नगर समिति षडानन्द

Leave a Comment