सु.से.स. जिल्ला समन्वय समिति सुनसरीको २०७८ भाद्र २६ गतेको निर्णय अनुसार सु.से.स. नगर समिति, महिला समिति, युवा समिति र विद्यार्थी समाजहरुलाई पत्रचार गरि विभिन्न विषय सुनुवार सामुदायिक भवन २ कोठा थप आर्थिक प्रतिवेदन, संस्थाको अध्यावधि, सदस्यता वितरण, जनगणना, सहकारी संस्था आदि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा सु.से.स. उपमहानगर समिति धरान, नगर समिति रामधुनी, युवा समिति, विद्यार्थी समाज लगायत प्रतिनिधिज्यूरहको उपस्थिति रहेको थियो । सुनुवार सामुदायिक भवनको पहिलो तल्लाको २ कोठा थप आर्थिक प्रतिवेदनमा आय तर्फ ३,१७,०००, खर्च २,७२,७०७ र बाँकी मौजदात रकम ४४,२९३ रहेको जानकारी गराउनु भएको थियो भने संस्थाको अध्यावधि नघेकाहरुलाई आअफ्नो संस्थागत धरणा समस्याहरु व्यक्त गर्न साथै अधिवेसन चाडो गर्ने प्रतिबधता जायर गर्नु भएको थियो । सदस्यता वितरणको सवालमा नगर समितिहरुबाट तिब्र साथ सदस्यता वितरण गर्ने, बहुल्यताको आधारमा वडा समिति गठन गर्ने र निस्कृय रहेको समितिहरुलाई पुन गठन गर्ने जानकारी गराउनु भयो । जनगणनाको विषयमा समितिहरुलाई अफ्नो तर्फबाट प्रचार प्रसारको लागि पहल गर्ने साथमा सचेत गराउन आग्रह गरिएको थियो । त्यसै गरी सहकारी संस्थाको विषयमा सहकारीको संयोजक देवी बाहदु सुनुवारज्यूले सहकारी प्रदेश स्तरमा दर्ता प्रक्रियामा रहको चाडो दर्ता भएर आउने समेत जानकारी गराउनु भयो । सु.से.स विद्यार्थी सामाज सुनसरीद्वारा क्यालेन्डर वितरण गरिएको थियो । अन्त्यमा सु.से.स. युवा समिति र वडा ११ समितिका अध्यक्ष लिसन सुनुवारज्यूलाई नेपाली काँग्रेस धरान वडा ११ का सचिव जस्तो गरिमामय पदमा निर्वाचित भएको अवसरमा सबै समितिद्वारा खदा र अभिर लगाइ कार्यकालको बधाई एवम् शुभकामना प्रदान गरियो ।

Leave a Comment