आज मिति २०७८ साल माघ २५ गते, सुनुवार सामुदायिक भवन धरान स्थित सुनुवार जन्मोत्सवको अवसरमा सु.से.स. महिला समिति धरान प्रथम अधिवेशन भव्यताका साथ सम्पन्न गरियो । उक्त कार्यक्रम संयोजक शर्मिला सुनुवारको अध्यक्षतामा प्रमुख अतिथि सु.से.स. जि.स.स. अध्यक्ष हेमन सुनुवार, विशेष अतिथि सु.से.स. उपमहानगर समिति धरानका अध्यक्ष गोपाल सुनुवार, अतिथिहरु प्रेमकला सुनुवार, सदस्य, आदिवासी जनजाती राष्टिय महिला महासंघ धरानको उपस्थितिमा कार्यक्रम खुल्ला शत्र कार्यक्रम सम्पन्न गरियो । निर्वाचन मण्डलीका संयोजक डिल्लीकुमार सुनुुवार, सदस्य हेमन सुनुवार र सदस्य प्रमेमकुमारी सुनुवारको कार्यसमितिद्वारा धरान महिला समितिको नया कार्य समिति चयन गरिएको थियो । अध्यक्षमा शर्मिला सुनुवार, सचिव राधा सुनुवार, सहसचिव अन्जु सुनुवार, कोषाध्क्ष पुष्पा सुनुवार, सदस्यहरु करुणा सुनुवार, विपना सुनुवार, उषा सुनुवार, पञ्चमाया सुनुवार र शुक्रमाया सुनुवार निरविरोध कार्यसमिति चयन गरिएको थियो । निर्वाचन मण्डलीका संयोजक डिल्लीकुमार सुनुवार द्वारा शुभकामना साथै महिला समितिको अध्यक्षद्वारा आफ्नो प्रतिवद्धता जायर गर्नु भएको थियो । सपथ ग्रहण पश्चात उपस्थित सबै सु.से.स. प्रदेश नंं १, जिल्ला समन्वय समिति सुनसरी, उपमहानगर समिति धरान अन्य उपस्थित मानुभावहरुले अभिर खदा लगाई शुभकामना आदान प्रदान गरिएको थियो ।

Leave a Comment