होली विशेष साँस्कृतिक महोत्सव
सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ को आयोजनामा होली विशेष साँस्कृतिक महोत्सव इटहरी, सुनसरी स्थिति जनता मा.वि.को प्रागणमा कार्यक्रम रहेको थियो । उक्त कार्यक्रम “एक प्रदेश एक साँस्कृतिक पर्व” का नारा साथ विभिन्न जिल्लाबाट जातिय संघ संस्थाद्वारा आ–आफनो जातिय भेषभुषा झाँकी ¥याली र प्रतियोगिताको आयोजना गरिएको थियो । सुनुवार सेवा समाज जिल्ला समन्वय समितिको समन्वयमा सु.से.स. धरान र इटहरी नगर समितिबाट बृहत रुपमा करिब ६० को हार हारीमा उक्त कार्यक्रममा सहभागी साथै झाँकी ¥याली र उक्सुक्ताजना प्रदर्शनी रहेको थियो । १९ वटा जात जातिको झाँकी प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो, सन्तवना पुरस्कार २५०००, २००००, १५००० र १०००० नगत राखिएको थियो । उक्त पुरस्कार स्वारुप सुनुवार सेवा समाजले सान्तवना पुरस्कार १० हजार नगद र प्रमाण पत्र प्राप्त गरेको थियो । होलीको शुमकामाना साथै उक्त पुरस्कार सामाजिक विकास मन्त्रालय प्रदेश १ का माननीय मन्त्री उषाकला राईज्यूबाट हस्तान्तरण गरिएको थियो । (फाेटाेः हेमराज, हेमन, पेसल सुनुवार)