किराँती–सुनुवार जातिको चिनारी आधार

डा. लाल श्याँकारेलु रापचा
नेपालको आदिवसी किराँती जाति सेरोपफेरो
ओल्लो, माझ र पल्लो किराँत


समयले फड्को माररे २१ आंै शताब्दीमा हामफाली सक्यो । वतर्मानमा हामी साइबर स्पसे, साइबरनेिटक्स,् साइबर क्याफेमा झुम्मिन थालेका छांै । हदैरावाद ‘साइबरावाद’ को अवधारणामा पव्रशे गर्दै छांै भने मानवशास्त्र, समाजशास्त्र, भाषाशास्त्रलगायतका कयैन् शाास्त्रहरु नव–अवधारणमा प्रवेश गरी सके । विज्ञान प्रविधिले खिचेर मान्छेलाई मङ्गल र अन्य सौर्य परिवारको भ्रमणतिर निकाली सक्यो । तर आजसम्म किराँती–सुनुवार मानव जातिलाई इतिहासको कालो पर्दाले ढाकी नै राख्यो । अदृश्य जाति बनाइ राख्यो । विभिन्न क्षेत्रका शास्त्रविद्हरुले पनि किराँती–सुनुवार जातिलाई उज्यालोमा ल्याउन नसक्नु विधिकै विडम्बना हो ।
त्यसो त नृवंशशास्त्री, समाजशास्त्री, इतिहासकार, पाठ्यपुस्तक लेखक र संस्कृतिविद् आदिले यो जातिको बारेमा पटक्कै कलम नचलाएका भने होइनन् । थोर बहुत लेखेकै हुन् । दुर्भाग्यवश भाषाशास्त्रीहरु बाहेक अन्य शास्त्रका शास्त्रविद्हरु आफैं अँध्यारोमा रुमल्लिएका छन् । हुन पनि हो नृवंशशास्त्रको नव–अवधारणा अनुसार कुनै पनि जाति र समुदायको निष्पक्ष अध्ययन–अनुसन्धान गर्न त्यो जाति र समुदायको भाषा र भाषासम्बन्धी ज्ञान हुनु अति आवश्यक हुन्छ । त्यो जातिको जाति भाषाले ती सबै रहस्यमयी तथ्यहरुलाई आप्mनो गर्भमा लुकाएर राखेको हुन्छ । त्यसको उत्खनन् गर्न अन्य शास्त्रहरुको साथै अनसुन्धाताले भाषाकर्मी नभर्इ हदुँ नै । यसकाे रहस्यादे घ् ाटन मुिनको छट्टुै अनच्ुछदे मा गरिन्छ ।
यो भन्दा पहिल े भन्नपैर्नेकुरा चाहिं किराँती–सनुवुार जातिबारे अध्ँयारोमा रुमल्लिने शास्त्रविद,् इतिहासकार र लेखकहरुमा इडेन भान्सिटार्ट ९ई। १९०९०, टोनी हागेन ९ई। १९६१०, डोरबहादुर बिष्ट ९ई। १९६७०, इमानसिंह चेम्जोङ ९ई। १९६७०, जयप्रकाश आनन्द ९सम्पा। ई। १९८७०, बालकृष्ण पोखरेल ९ई। १९९४०, राजाराम सुवेदी ९ई। १९९४० र रामलाल अधिकारी ९ई। १९९९० आदि नै प्रमुख हुन् । यी विद्वानहरुले बिनाप्रमाण किराँती–सुनुवार मानव जातिप्रति परोक्ष÷अपरोक्ष रुपमा घोर अन्याय गरेका छन् ।
यस्तो परिवशे मा सिक्किम कोइँच बुले किरातँवंशी सनुवुार ९मुखिया० कोइँच कोइँच ९इर्। १९९९० प्रकाशनमा ल्याएर सुनुवार जातिप्रति एक अर्थमा न्याय गरेको छ । जातिलाई उज्यालोतिर डो¥याएको छ । किराँती–सुनुवार जातिले भारतवर्षदेखि लिएर विश्वको कुनै पनि कुनामा गो कोइँच नङ ‘म किराँती–कोइँच जातिको मान्छे हुँ’ भनरे छाती फु लाई हिडन्े माहोल दिएको छ । देश–विदेश र विश्वकै किराँती–सुनुवारहरुले यसमा नतमस्तक हुनुपर्छ र सम्पूर्ण मानव समाजले पनि । किनभने विश्व मानव समुदाय एउटै परिवार हो । यसमा अवश्यमेव प्रत्येक जाति र प्रजातिको आ–आप्mनै विशेषता, रहनसहन, भाषा, संस्कृति र धर्म हुन्छ । हामी सारा सहअस्तित्वमा बाँच्दै आएका छांै र यो परम्परा तोडियो भने वशुधैवकुटुम्बकम्को बध हुन्छ । यसो हुन नदिन यो प्रकाशनको पानामा लुसुक्क पस्न श्रेयष्कर हुन्छ ।
आकारमा चाहेजति मोटो यो किताब जम्मा नवौं खण्डसम्ममा विभाजित छ । यसमा मूलतः किराँती–सुनुवार जातिको उत्पत्ति, संस्कृति, सामाजिक संस्कार, भाषा र लिपि परेका छन् । हुन त सुनुवार भाषासम्बन्धी अध्ययन २० औं शताब्दीको सुरुको दशकतिर कोनो–ग्रिअर्सन ९ई। १९०९० ले गरेका हुन् । त्यस ताका भारतमा दार्जीलिङ, सिक्किम, आसाम र जलपाइगुडीमा गरी किराँती–सुनुवार भाषाको वक्ताहरुको संख्या कुल ५ हजार २ सय ५६ थियो । यत्रो नब्बे वर्षको अन्तरालमा ई। १९९६ मा मात्र किराँती–सुनुवार भाषाले सिक्किम राज्यको दशौं सरकारी भाषाको रुपमा मान्यता पायो । यो अति नै ठुलो उपलब्धि हो । भाषाको मान्यता पाउने बित्तिकै किराँती–सुनुवार जातिले अदृश्य मानव जाति हुनु परेन । हाम्रो पनि विश्वसामु भाषिक अस्तित्व छ भन्ने तथ्यको उजागर भयो । पर्दा खोलायो । अब कुइरोभित्रको काग भई भौंतारिन परेन । तर आजसम्म कोही पनि स्वदेशी भाषाशास्त्रीहरुले किराँती–सुनुवार भाषाको खोजी गरे होला भन्ने कुरमा शंकै छ । यो प्रकाशनले त्यही अभावको पूर्ति ग¥यो ।
लेखक बुद्धिमान प्रधानको परिश्रमले हामीलाई उचित घडीमा मुक्ति दिलाएको छ । अगाध स्नेह दिएको छ । बाटो देखाएको छ । आँखा खोलाइदिएको छ भने श्रद्धेय पोपो रघुवीर ९आरबी० रुजिचा–मुखिया ९अमुस। सेवानिवृत्त० र पोपोम् कमलादेवी ङावचा–मुखिया ९ससं। सवोनिवत्तृ ० को भाषा र सँस्कृतिप्रतिको अगाध ममताले यो जाति, भाषा र संस्कृतिको इतिहासमै पहिलोपल्ट भारतवर्ष र विश्वका तमाम किराँती–सुनुवार जातिलाई जीवित अस्तित्व र भ्रातृत्वको आभाष दिलाएको छ । उहाँहरुको यस्तो चासो, अध्ययन, अनुसन्धान र प्रकाशनले के प्रमाणित गर्छ भने आखिर मान्छे गाँस, बास र कपासमा मात्रै जीवनको साध्य देख्दो रहेनछ । ‘ब्रेडेन् बटर’ बाहेक जीवन अरु नै केही हो । जीवनको शाश्वत् सत्य भनेको त्यही खोज हो रहेछ । आपूmभित्र आप्mनै खोज । हामी जस्ता पाठक र साइबर क्याफे पुस्तालाई उहाँहरुको परिश्रम र स्नेहले यही सन्देश दिएको छ ।
टोनी हागेन र रामलाल अधिकारीहरुले किराँती–सुनुवार मानव जातिलाई जतिसुकै होच्याएर लेखे पनि आखिर सत्य अर्कै हो रहेछ । अरु तथ्यहरु पत्ता लगाउन अझै प्रशस्त जाँगर गर्नु पर्ने रहेछ । चाहे जातिको सवालमा होस् वा लिपिको । लेखक प्रधानले आधुिनकदेखि प्रचीन कालसम्मको आफ्नो खाजे यात्रामा ‘कोइँच र सनुवुार’ शब्दहरुको सटीक अर्थापन कार्य पाठक वर्गलाई नै छाड्नुभएको छ । हामीले दोस्रो अनुच्छेदमा भाषाको महत्व दर्शाएभैmँ जातीय भाषामा यी शब्दहरुको प्रचुर सटीक अर्थहरु लाग्छन् । यहाँ यस्तो छोटो समीक्षामा त्यो सम्भव नै छैन । फेरि त्यसमा भाषा ज्ञान र त्यसको अर्थापनको कुरा हो । कहीँ कतै लेखुँला । यहाँ यति भनिराखुँ– प्रेम माबुहाङ र बि। ढुङ्गेल ९ई। १९५४० का अनुसार सुनुवारको पुर्खा सुहाचेपाङ, गोपाल खम्बु ९ई। १९९५० र बायुङ ९किराँती– बाअ्युङ, बाहिङ० लोक आख्यानका अनुसार किराँती–सुनुवारको पुर्खा खिन्चीहाङ र बयानसिं चाम्लिङ–राई ९ई। १९९८० का अनुसार किराँती–सुनुवारको पुर्खा वाकुदुङ हुन् ।
अब कुरा आयो सुनुवार, सुन्वार, मुखिया र कोइँच शब्दहरुको । ‘मुखिया’ शब्द ‘सुब्बा’, ‘राई’ , ‘दवोन’ र ‘जिमी’ झँै पदवीको लागि पय्रक्तु भएको छ । यसको लागि ‘मापार्चे मुखिया’ पनि प्रयोग हुन्छ । बाँकी शब्दहरु लिखु र खिम्ती खोला क्षेत्रका प्राग–ऐतिहासिक महत्वका हुन् । यो भन्दा पहिले ‘सुनुवार’ शब्दको नव–निर्माण भएको प्रमाण फेला परेको छैन ।
संस्कृतिको खण्डमा परेका सबै सामग्रीहरुले सुनुवार संस्कृतिको विशिष्ट पक्षहरुलाई उजागर गरेका छन् । यो विशिष्टता जातिको परिचायक हो । नाअ्सो र पोँइब्–ग्यामी संस्कृति किराँती समुदायको आप्mनै जीवनवृत्त हो । तर कतिपय पानाहरुमा जातीय शब्द र शब्दावलीहरुको प्रयोगमा प्रशस्तै भाषिक त्रुटिहरु छन् । भाषिक त्रुटिले गर्दा अर्थको अनर्थमा प्रबल सम्भावना छ । उदाहरणका लागि पाना नं। ३०१ मा किराँती–रोदुङको ‘सुम्निमा’ नभएर ‘नाइमा’, ‘नायुमा’, ‘नायम’ आदि हो । किराँती–रोदुङ भाषाको सृष्टिकथामा रिकपा र रिभेमाबाट सुरु भई ‘पारुहँ’ र ‘नाइमा’ सम्म आइपुग्दा मानव जगत् पैmलिन्छ ।
यो पुस्तकमा परेको भाषा–लिपि खण्ड झनै चाखलाग्दो छ । आज विश्वसामु कहीं कतै चिनारी दिनु पर्दा सर्वप्रथम भाषा नै अघि सर्छ । मानव जातिको स्टिमुलस र कौतुहलता सम्प्रेषण गर्नु पर्दा भाषा नै चाहिन्छ । यसर्थ, भाषा कुनै पनि मानव जातिको अमूल्य सम्पत्ति हो भनिरहन पर्दैन । काइँे चलो ‘सनुवुार भाषा’ भाटे –तिब्बती समहू को मात्रै नभएर सनुवुार ९इग्जोनिम वा वाहृयनाम०, राई ९इग्जोनिम वा वाहृयनाम०, लिम्बू र याक्खा ९सुरालिया० गरी दुई दर्जन भन्दा बढी भाषाहरुको एउटै किराँती भाषा वर्ग अन्तर्गत पर्दछ र किराँती–सुनुवारमा अभैm पनि सार्वनामिक विशेषताको भग्नावशेष पाइन्छ ।
पाना नं। ३१८ मा भएको किराँती–सुनुवार वर्णव्यावस्थालाई पुनरावलोकन गर्नु पर्दछ । कोँइच ब्रेस् ‘किराँती–सुनुवार लिपि’ सिरिजङ्का लिपिसँग सामीप्यता राख्नु पर्ने हो । यो लिपिसँग तालमेल राखी यसलाई अभैm वैज्ञाानिकीकरण गर्न पाए भाषाको तीव्र उन्नति हुने थियो । किराँती–याक्थुङ लिम्बूको कण्ठमुखी ‘ग्लोटल स्टप’ र किराँती–सुनुवारको कण्ठमुखी वर्ण अरु वर्णमा भाषिक र भाषावैज्ञानिक दृष्टिले समानता पाइन्छ ।
समग्रमा, यो प्रकाशनले पाठक, अनुसन्धाता र लेखकहरुलाई मनग्य खुराक दिएको छ । साथै लेखक प्रधानले लेखकीय धर्म शीरोधार्य गरेर सन्दर्भ सूची राखिदिनु भएको भए अति वेश हुन्थ्यो । किताबमा परेका अतिरिक्त सूचनाहरु संस्थाको छुटै मुखपत्रमा प्रकाशन गरेर यो पुस्तकलाईचाहिँ फुर्तिलो र अभैm मानक बनाउन पाएको भए “क्या बात” हुन्थ्यो । र पनि यस्तो कार्यलाई मूर्तरुप दिन सघाउ प¥याउने लेखकलगायत संस्था र समुदायका सबै सदस्यहरु धन्यवादका पात्र छन् । मानव जाति भाषा र सँस्कृतिको यस्ता अनुरागीहरुलाई
सामाजिक र देशले उचित कदर गर्ने नै छ ।

……………………….
भदौ २०५८, गान्तोक, सिक्किम
स्रोतः यो निरुपण वा समीक्षामा कोइँच मुखिया कलमनाममा २४ भदौ २०५८ ई. 9 Sept 2001 को कान्तिपुर मा प्रकाशित भएको थियो । यसमा हल्का सम्पादन गरिएको छ ।

Leave a Comment