सुनसरी रामधुनीमा उधौली पर्व साथै प्रथम अधिवेशन भव्यताका साथ सम्पन्न

मिति २०७८ साल पौष ४ गतेका रासताल, सु.से.स. नगर समिति रामधुनीको भुमे थान स्थित प्रथम अधिवेशन भव्यता साथ सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि सु.से.स. प्रदेश नं. १ को अध्यक्ष एसा सुनुवार, विशेष अतिथिहरुमा सु.से.स. जिल्ला समन्वय समितिका अध्यक्ष हेमन सुनुवार, सु.से.स. जिल्ला विद्यार्थी समाजका अध्यक्ष मुकेस सुनुवार, अतिथिहरुमा सु.से.स. उपमहानगर समिति धरानका सचिव कर्ण सुुनुवार, सु.से.स. उपमहानगर समिति इटहरीका अध्यक्ष दिलु सुनुवार रहेको थियो । कार्यक्रममा निरविरोध कार्य समिति चयन भएको छ । निर्वाचन मण्डलीद्वारा प्रक्रिया अनुरुप अध्यक्षमा टेक ब. सुनुवार उपाध्यक्ष कृष्ण ब. सुनुवार, सचित सोम कुमारी सुनुवार, सहसचिव प्रविन सुनुवार, कोषाध्यक्ष गोम बहादुर सुनुवार, सदस्य मिरादेवी सुनुवार सदस्य हेमकला सुनुवार सर्वसमत चयन गरिएको थियो । सपथग्रहण पश्चात सबै कार्य समितिलाई अभिर र खदा लगाई कार्यकालको शुभकामना आदन प्रदान गरियो ।

Leave a Comment