मिति २०७९ कार्तिक २६ गते, शनिबारका दिन सुनुवार सेवा समाज, प्रदेश नं. १ एसा सुनुवारज्यूको अध्यक्षतामा जिल्ला मोरङ्ग, लक्ष्मी मार्ग श्याँदर थान भवन स्थिति सु.से.स. जिल्ला समन्वय समिति मोरङ्गको तदर्थ समिति गठन गरियो । जिल्ला मोरङ्ग सुनुवार सेवा समाजको छुटै संस्था दर्ता रहको हुनाले सु.से.स. सन्घीय समितिसँग आवद्ध हुनको लागि तदार्थ समिति सु.से.स. जिल्ला मोरङ्ग समितिको १२ औं सादरणसभाको अवसरमा सु.से.स प्रदेशद्वारा उक्त समिति गठन गरिएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि सु.से.स. प्रदेश नंं. १ का अध्यक्ष एसा सुनुवार, विशेष अतिथि जिल्ला समन्वय समिति सुनसरीका अध्यक्ष टार्जन सुनुवार, विशेष सल्लाहकार हेमन सुनुवार र अतिथिहरुमा सु.से.स..जि.स.स उपाक्ष्यक्ष पेशल सुनुवार, सदस्य टिकामाया सुुनुवार र धरान उपमहानगर समितिका कोषाध्यक्ष हेमराज सुनुवार उपस्थिति रहेको थियो । १२ औं सादरण सभाको अवसामा सु.से.स. जिल्ला समन्वय समिति मोरङ्गको तर्दथ समितिका संयोजकः राजु सुनुवार, सदस्याहरुः तिलक सुनुवार, टंक सुनुवार, सितामाया सुनुवार र लक्खी सुनुवार गठन गरिएको जानकारी दिनु भएको थियो । सु.से.स. संघीय समितिको विदान हस्तान्त्ररण गर्नु अगावै शुभकामना आदन प्रदान साथै मोरङ्ग श्याँदर थान भवन निर्माणका लागि व्यक्तिगत रुपमा सु.से.स. प्रदेश नं. १ का अध्यक्ष एसा सुनुवार र धरान उपमहानगर समितिका कोषाध्यक्ष हेमराज सुनुवारद्वारा ५–५ हजार गरी जम्मा १० हजार रुपया प्रदान गर्नु भएको थियो । कार्यक्रम भव्य र सव्य रुपमा सफलताका साथ सम्पन्न गरिएको थियो ।

Leave a Comment