सु.से.स. उपमहानगर समितिको चौथो अधिवेशन बन्द शत्र आज मिति २०७८ माघ ८ गते, सुनुवार सामुदायिक भवन धरान ११ मा सम्पन्न गरियो । प्रतिनिधि विहिन कारणले स्तगित गरिएको अधिवेशन आजको मितिमा निर्वाचन मण्डलीद्वारा सम्पन्न गरियो । अध्यक्षः गोपाल सुनुवार, उपाध्यक्षः कर्ण बहादुर सुनुवार, सचिवः कमल सुनुवार, सहसचिव कुमारी सुनुवार, कोपाध्यक्ष हेमराज सुनुवार, सदस्यहरु सन्तोष, विमला, अनिषा र बन्दना सुनुवार गरी ९ जना समितिको पदाधिकारीहरु चयन गरियो । सु.से.स., प्रदेश नं. १, जिल्ला समन्वय समिति सुनसरी, निर्वाचन मण्डलीका संयोजकद्वारा शुभकामना आदान प्रदान गरिएको थियो ।

Leave a Comment