मिति २०८१ माघ २५ गतेका दिन धरान उपमहानगर समितिको आयोजनामा सधै मनाउदै आएको सुनुवार जन्मोत्सव भव्यताका साथ सम्पन्न गरियो । उक्त कार्यक्रममा ८० वर्ष भन्दा माथिका जेष्ठ नगरिकलाई दोसल्ला ओढाई सम्मान, जेहेन्दार विद्यार्थीलाई धारापानी फउन्डेसनद्वारा छात्रवृत्ति कार्यक्रम, १४ वर्ष मुनि पुगेका फुटबलमा प्रथम भएका विद्यार्थीहरुलाई मेडल वितरण, विभिन्न खेलहरुको आयोजना गरिएको थियो भने उक्त अवसरमा सुनुवार महिला समाज धरान उपमहानगर समितिको दोस्रो अधिवेशनमा सर्वसहमत अध्यक्ष पुष्पकाला सुनुवारज्यू गरी जम्मा ११ जना कार्य समिति चयन गरिएको थियो । अन्त्यमा सम्पुर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना अदान प्रदान गरिएको थियो ।























